नेपाल मलेसियासँग पराजित
काठमाडौं : एएफसी एसीयन कप छनोटमा नेपाल मलेसियासँग पराजित भएको छ। मलेसियाको जोहोरस्थित इब्राहिम सुल्तान स्टेडियममा भएको खेलमा नेपालले मलेसियासँग २-० को हार व्यहोरेको हो।
खेलको पहिलो हाफमा मलेसियाका लागि खेलको २९औं मिनेटमा हेक्टर हेभलले गोल गर्दै मलेसियालाई अग्रता दिलाएका हुन्। दोस्रो हाफमा पनि मलेसियाले १ गोल थप गरेको हो।
खेलको ७०औं मिनेटमा आरिफ एमनको पासमा कोरविन वोङले गोल गर्दै मलेसियाको अग्रता दोब्बर गरेका हुन्। आजको खेलमा नेपालका लागि रेजिन सुब्बाले नेपालको लागि डेब्यु गरे।
नेपालले आजको खेलमा मलेसियासँग आठौं पटक प्रतिस्पर्धा गरेको थियो। आजको खेलमा पराजित हुँदा नेपाल सातौं पटक मलेसियासँग पराजित भएको हो। आठौं खेल खेल्दासम्म पनि नेपालले हालसम्म मलेसियाको पोष्टमा गोल गर्न सकेको छैन।
सन् २०२७ मा साउदी अरेबीयामा हुने एएफसी एसीयन कपको अन्तिम चरणको छनोटमा नेपालले मलेसियासहित भियतनाम र लाओससँग होम एण्ड अवेका आधारमा खेल्नेछ। यस खेलको समूह विजेताले एसिया कपमा छनोट हुनेछ।
प्रतिक्रिया दिनुहोस !