मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु

मनास्लु पदयात्रामा आएका ट्रेकिङ्ग गाइडको मृत्यु
सुन्नुहोस्

गोरखा : मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन आएका एक गाइडको मृत्यु भएको छ । मृत्यु हुनेमा सोताङ गाउँपालिका–४ सोलुखुम्बुका ५४ वर्षीय सार्की शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

शेर्पाको विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशी स्थित खोला किनारमा हिँड्ने क्रममा अचानक ढली मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताए ।

 ‘उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा आएका रहेछन्’, डिएसपी सुवेदीले भने । टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको उनले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाइ छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.