राजतन्त्र फर्काउने नाममा हिंसात्मक र आपराधिक गतिविधि गर्नेलाई कारबाही गरियोस् : उपेन्द्र यादव

राजतन्त्र फर्काउने नाममा हिंसात्मक र आपराधिक गतिविधि गर्नेलाई कारबाही गरियोस् : उपेन्द्र यादव
सुन्नुहोस्

काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौंको तीनकुनेको घटना आपराधिक भएको बताएका छन्। सोमबार भक्तपुरमा आयोजित कार्यक्रममा उनले लोकतन्त्रमा सबैले आ-आफ्नो विचार राख्न र बोल्न पाउने भए पनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताए। 

राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यसदिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए।

सरकार संसद् र सिंहदरबारमा मजबुत रहे पनि जनतामाझ कमजोर रहेको यादवको भनाइ छ। यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको बताए। राजनीतिक दलहरूले बेलैमा सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.