प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)को छैटौं सम्मेलन सकिएपछि शुक्रबार बैंककमा उनीहरूबीच 'साइडलाइन' भेटवार्ता भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ। 

भेटमा द्विपक्षीय हित, सहकार्य र आपसी सम्बन्धका विषयमा छलफल भएको छ। भेटमा प्रधानमन्त्री ओलीले मोदीलाई आगामी जेठ २, ३ र ४ गते काठमाडौंमा आयोजना हुने ‘सगरमाथा संवाद’ कार्यक्रममा आउन पुन : आग्रह गरेका छन्। यस अगाडि पनि परराष्ट्रमन्त्री आरजु राणा राइसिना डायलगमा सहभागी हुन गत चैतमा नयाँ दिल्ली गएका बेला विदेशमन्त्री एस जयशंकरमार्फत प्रधानमन्त्री मोदीलाई प्रमुख अतिथिको निमन्त्रणा दिएर आएकी थिइन्।

null

ओली पछिल्लो पटक प्रधानमन्त्री भएपछि मोदीसँग दोस्रो पटक भेट भएको हो। प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा साइडलाइन भेटवार्ता भएको थियो। उनीहरुबीच संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिका गएका बेला भेट भएको हो।  उक्त भेटमा ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दामा छलफल भएको दाबी मोदीले एक्समार्फत् जानकारी गराएका थिए। ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित थियो,’ त्यतिबेला मोदीले भनेका थिए।

मंगलबार बैंकक प्रस्थान गरेका प्रधानमन्त्री ओलीले बुधबार थाइल्याण्डकी समकक्षी पे थोङ थान् शिनावातसँग औपचारिक भेटवार्ता गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.