आपसी सम्मान र हितले नेपाल-भारत सम्बन्धलाई मजबुत राख्छ : प्रधानमन्त्री ओली

आपसी सम्मान र हितले नेपाल-भारत सम्बन्धलाई मजबुत राख्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओ‌लीले नेपाल-भारतबीचको सम्बन्ध मजबुत बनाउनुपर्ने बताएका छन्। थाइल्यान्डको बैंककमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग 'साइडलाइन वार्ता' गर्दै प्रधानमन्त्री ओलीले आपसी सम्मान र हितमा आधारित सम्बन्धलाई मजबुत राख्नुपर्ने बताएका हुन्।

भारतीय न्युज एजेन्सी एएनआईका अनुसार प्रधानमन्त्री ओलीले भारतको निरन्तर सहयोगप्रति समकक्षी मोदीलाई धन्यवाद दिएका थिए। 'भारतको निरन्तर सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आपसी सम्मान र हितमा आधारित सम्बन्धलाई मजबुत राख्न आवश्यक रहेको ओलीले बताएका थिए,' एएनआईले भनेको छ।

प्रधानमन्त्री ओलीले पनि एक्समार्फत भारतीय समकक्षीसँगको भेट आत्मीय र सौहार्दपूर्ण भएको उल्लेख गरेका छन्। 'मेरा प्रिय मित्र, प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीसँग आत्मीय र सौहार्दपूर्ण भेट भयो। हाम्रो वार्ता अत्यन्त सार्थक र सकारात्मक रह्यो। यस आत्मीय भेटवार्ताप्रति म खुसी व्यक्त गर्दछु,' प्रधानमन्त्री ओलीले लेखेका छन्। उनले मोदीलाई हिन्दी भाषामा पनि धन्यवाद ज्ञापन गरेका थिए। 

त्यसअघि भारतीय प्रधानमन्त्री मोदीले पनि नेपालीमा भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाली भाषामै ओलीसँगको भेट फलदायी भएको उल्लेख गरेका थिए।

'बैंककमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटघाट फलदायी रह्यो। भारतले नेपालसँगको सम्बन्धलाई ठूलो प्राथमिकता दिएको छ। हामीले भारत-नेपाल मित्रताका विभिन्न पक्षहरू विशेष गरी ऊर्जा, कनेक्टिभिटी, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रहरूमा छलफल गर्यौं। हामीले यस वर्षको बिमस्टेक शिखर सम्मेलनबाट प्राप्त केही प्रमुख सकारात्मक परिणामहरू विशेष गरी विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रहरूमा पनि कुरा गर्यौं,' मोदीले एक्समा लेखेका छन्।  

प्रधानमन्त्री ओली र मोदीबीच साइडलाइन वार्ताका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवाले विशेष पहल गरेकी थिइन्। उनले भारतीय समकक्षी एस जयशंकरसँग पहल गरेपछि ओली र मोदीबीचको भेट सम्भव भएको थियो। 

प्रधानमन्त्री ओलीले जेठमा हुने भनिएको 'सगरमाथा संवाद' कार्यक्रमको प्रमुख आतिथ्य गरिदिन समकक्षी मोदीलाई आग्रह गरेका थिए। उनले जलवायु परिवर्तनका सवालमा उक्त कार्यक्रम नेपालका लागि अपरिहार्य रहेको भन्दै त्यसलाई सफल बनाउनका निम्ति मोदीसँग आग्रह गरिएको परराष्ट्र स्रोतले जानकारी दियो। उनले मोदीको आगमनले कार्यक्रमले थप सफलता हात पार्ने विश्वास दिलाएको स्रोतको भनाइ छ।  

परराष्ट्रमन्त्री राणाले यसअघि नै प्रधानमन्त्री मोदीलाई सगरमाथा संवादको प्रमुख अतिथिको निमन्त्रणा दिइसकेकी थिइन्। चैत पहिलो साता नयाँ दिल्ली भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस जयशंकरमार्फत उक्त निमन्त्रणा दिएकी थिइन्। यद्यपि त्यसबेला भारतीय पक्षले मोदी आउने नआउने विषयमा कन्फर्मेशन दिएको थिएन।

बैंककको बैठकले दुई पक्षबीचको सम्बन्ध सौहार्दपूर्ण बनेको परराष्ट्रका एक उच्च अधिकारीले दाबी गरे। प्रधानमन्त्रीको निमन्त्रणाका विषयमा पनि भारतीय समकक्षी मोदीले विशेष चासो दिएको ती अधिकारीको भनाइ छ। 'भारतीय प्रधानमन्त्रीले सगरमाथा संवाद कार्यक्रमका विषयमा विशेष चासो लिनुभएको थियो। उहाँले आउने कन्फर्मेशन नदिए पनि त्यस विषयमा आफू गम्भीर रहेको बताउनुभएको थियो,' ती उच्च अधिकारीले अन्नपूर्णसँग भने। 

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच यसअघि गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो। संयुक्त राष्ट्रसंघको ७९औं महासभामा भाग लिग अमेरिका गएका बेला प्रधानमन्त्री ओली र मोदीबीच करिब आधा घन्टा 'साइडलाइन वार्ता' भएको थियो। परराष्ट्रमन्त्री राणाको विशेष पहलमै ओली र मोदीबीच न्युयोर्कमा भेटवार्ता हुन सम्भव भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.