अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीमा जिप दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

अर्घाखाँची : अर्घाखाँचीको मालारानीमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

मालारानी गाउँपालिका ३   लुटिपोखरी(खनदह भित्री सडकखण्डमा  लुटीपोखरीदेखि खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको  जिप (सिङगल क्याब) अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा मालारानी ४ का गाडी चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी चक्रबहादुर मल्लले बताए।

दुर्घटनामा मालारानी ४ बस्ने अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन्। 

दुई जना घाइतेलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गरिएको छ।

गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको र घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी मल्लको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.