अछाममा एक दृष्टिविहिन किशोरी बलात्कृत, स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ

अछाममा एक दृष्टिविहिन किशोरी बलात्कृत, स्वास्थ्य परीक्षण गर्दा २८ हप्ताको गर्भ
सुन्नुहोस्

अछाम : अछाममा एक दृष्टिविहिन बलात्कृत भएकी छन् । मंगलसेन नगरपालिकाकी २१ वर्षिया दृष्टिबिहिन किशोरी बलात्कृत भएकी हुन्। 
चैत २६ गते पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि बलात्कारको घटना बाहिर आएको हो । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणपछि २८ हप्ताको गर्भ रहेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

बलात्कारको आरोपमा रामारोशन गाउँपालिका- ५ का ५१ चेतमान रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । पीडित किशोरीलाई असोज २१ गते जिल्ला अस्पतालको जंगल पछाडी बोलाई जबरजस्ती करणी गरेको पीडित किशोरीले बताएकी छन् । 

रोकायाले किशोरीलाई ललाईफकाई जिल्ला अपाग महासंघबाट सहयोग गर्ने भनी प्रलोभनका पारी जबरजस्ती करणी गरेर जोहरीमा उल्लेख गरिएको छ । आरोपित रोकायाका पनि अपांग रहेको उनको दाहिने खुट्टा नभएको डीएसपी भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.