जयगढ बजारमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

२७ वटा घर तथा पसल जले, ७ करोडभन्दा बढीको क्षति

जयगढ बजारमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा
तस्बिरहरू : गीता कुँवर।
सुन्नुहोस्

अछाम : बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा लागेको भीषण आगो करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । 

स्थानीय पुष्पराज शर्माले सञ्चालन गरेको आइएमइ सेन्टरमा साँझ ७ :२० मा ग्यास सिलिन्डर विस्फोट भएर सल्केको आगो राती १२ बजेर ३० मिनेटमा नियन्त्रणमा आएको हो । 

आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल क्षति भएको अनुमान गरिएको छ । जयगढ बजारमा रहेका १० वटा ढुगा माटोले बनेको घर, १५ वटा टीनले बनेको कच्ची घर र २ वटा पक्की घर गरी २७ वटा  घर तथा पसलहरू पूर्ण रुपमा जलेर नष्ट भएको छ । घर पसलमा रहेका ७ करोडभन्दा बढी धनमालको क्षति भएको र विस्तृत विवरण संकलनका कार्य भइरहेको जिल्ला प्रहरी प्रमख डीएसपी ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए । 

मंगलसेन नगरपालिकाको दमकल, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । जिल्लामा एक मात्र दमकल हुनु, बजारको साँघुरो बाटो, पानीको अभावका कारण आगलागी नियन्त्रणमा लिन समस्या भएको थियो ।

डीएसपी भण्डारीका अनुसार लामो समयसम्म आगलागी नियन्त्रण नभएपछि आक्रोशित भएका युवाहरूले बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदको घरमा ढुङ्गामुडा प्रहार गर्नुका साथै उनी माथि आक्रमण गरेका थिए ।

nullnullnullnullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.