गोरखा–जितगढी ऐतिहासिक पदयात्रा सुरु

गोरखा–जितगढी ऐतिहासिक पदयात्रा सुरु
सुन्नुहोस्

गोरखा : ऐतिहासिक पर्यटन प्रवर्द्धनका कार्यक्रम गर्दै आएको नेपाली सेनाले बिहीबार गोरखा दरबारदेखि जितगढीसम्मको पदयात्रा सुरु गरेको छ। आठ दिने ऐतिहासिक पदमार्गको यात्रामा निस्केको नेपाली सेनाको टोलीलाई बिहीबार गोरखा दरबारमा औपचारिक कार्यक्रम गरी बिदाइ गरिएको छ।

नेपाली सेनाले सो रुटमा गरेको पदयात्राको यो तेस्रो संस्करण हो। ऐतिहासिक पदमार्गमा पदयात्रा गर्ने सेनाका ४८ जनालाई बिहीबार बिहान ९ बजे पश्चिम पृतना पोखराका पृतनापति उपरथि मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथि नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले बिदाइ गरेका थिए। उनीहरूले नेपाली सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन्।

सो अवसरमा गोरखनाथ तथा गोरखकालीका पुजारी, गुरुकुलका पुरोहितहरूले मन्त्र वाचन गरेर र महिला समूहको पञ्चेबाजा, नेपाली सेनाको ब्याण्ड बाजा समूहले बाजागाजासहित बिदाइ गरेका थिए। नेपाली सेनाको आयोजना र स्थानीय तहहरूको सहयोगमा गोरखा–तनहुँ–पाल्पा हुँदै जितगढीसम्मको आठ दिने पदयात्रा गर्न लागेको हो। 

२०७९ सालदेखि सुरु गरिएको यो पदयात्रा अहिले तेस्रो पटक भएको हो। ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने, इतिहास जोगाउने क्रममा पदयात्रा गर्न लागेको रिपुमर्दन गणका गणपति अशोक क्षेत्रीले बताए। यात्रामा सहभागी सो गणका ४८ जना नेपाली सेनाको टोलीले गोरखादेखि जितगढीसम्मको दुईसय सात किलोमिटर दूरी आठ दिनमा पूरा गर्नेछन्।

गोरखा दरबारबाट चैत २७ गते सुरु भएको यात्रा पालुङ्टार सतिघाटबाट तनहुँलाई हस्तान्तरण गर्नेछ। तनहुँमा चैत २९, ३० र ३१ गते यात्रा रहनेछ। वैशाख २, ३, ४ र ६ गते टोली पाल्पा पुग्नेछ। ६ गते जितगढी पुगेपछि यात्रा भव्यताका साथ समापन गर्ने कार्यक्रम सेनाले तय गरेको छ।

यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ। यात्रामा पृथ्वीनारायण शाहले तत्कालीन समयमा स्थापना गरेका पाँच पल्टनका सेना सहभागी छन्। 

यसअघि पनि सेनाले पृथ्वीनारायण शाहले काठमाडौंको हनुमानढोका दरबारसम्म यात्रा गरेको थियो। नेपाल एकीकरणको सुरुवात गोरखाबाट भएको र इतिहासका हरेक घटनामा गोरखा जोडिएकाले सेनाले गर्ने कार्यक्रम, गतिविधि पनि गोरखासँग जोडिएको रिपुमर्दन गणले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.