सुदूरपश्चिम प्रदेशका मन्त्रीले गरे आगलागी भएको जयगढ बजारको अनुगमन

सुदूरपश्चिम प्रदेशका मन्त्रीले गरे आगलागी भएको जयगढ बजारको अनुगमन
सुन्नुहोस्

अछामः बान्नीगढी जयगढ गाउँपालिकाको मुख्य व्यापारिक केन्द्र जयगढ बजारमा भएको आगलागीको अवस्थाको प्रदेशका दुई मन्त्रीले अनुगमन गरेका छन्। 

जयगढ पुगेर सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हिरा सार्कीले आगलागीबाट भएको क्षतिको अनुगमन गरेका हुन्।

मंगलबार राति भएको आगलागी घटनाको अवस्था बुझ्न मन्त्रीको टोली धनगढीबाट बुधबार राति नै अछाम पुगेको हो। टोलीले बिहीबार बिहान जयगढ पुगेर आगलागीपछिको अवस्थाको निरीक्षण गर्नुका साथै पीडितहरूसँग पनि छलफल गरेका छन्। 

सामाजिक विकास मन्त्री खड्काले क्षतिको अझै विस्तृत रूपमा विवरण संकलन गर्न सुझाव दिए। मन्त्री खड्काले प्रदेश सरकारबाट ५० लाख आर्थिक सहयोग गर्ने निर्णय भएको जानकारी दिँदै सबैभन्दा नजिकको सरकार स्थानीय सरकार भएकोले यति बेला गाउँपालिकालाई ठूलो जिम्मेवारी आएकाले संयमता पूर्वक भूमिका निर्वाह गर्न आग्रह गरे। 

मन्त्री खड्काले विभिन्न संघ संस्थाहरूलाई समेत सहयोगको अपिल गरेका छन्। यस्तो विपद्का बेला गलत मानसिकता भएकाहरूले मालसमानहरू चोरी गरेको भन्दै मन्त्री खड्काले तिनको पहिचान गरी कारबाही गर्नुपर्ने बताए। 

मंगलबार साँझ ७:२० बजे भीषण आगलागी भई २३ घरमा रहेका ३५ पसल जलेर नष्ट भएका छन्। भौतिक संरचना बाहेक आठ करोडभन्दा बढीको क्षति भएको गाउँपालिकाले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.