दुर्गा प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पठाइयो

दुर्गा प्रसाईंलाई बुद्ध एयरको जहाजबाट काठमाडौं पठाइयो
तस्बिर : अन्नपूर्ण

झापा : दु्र्गा प्रसाईंलाई काठमाडौं पठाइएको छ। काँकटभिट्टा नाकाहुँदै झापा ल्याइपु्र्‍याएका उनलाई  भद्रपुर विमानस्थलबाट बुद्धएयरको जहाजमार्फत् काठमाडौं पठाइएको हो। विमानस्थल ल्याउनुअघि प्रसाईलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको थियो।

उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं लगिएको छ।

दुवैजनालाई काठमाडौं ल्याएर राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ। राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। प्रसाईसँगै खड्का पनि भेटिएपछि प्रहरीले उनलाई समेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शन स्थलबाट फरार भएका प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी नेपाल ल्याइएको हो। राजावादीको नाममा तीनकुनेमा हिंसा भड्काउन मुख्य भूमिका खेलेका मेडिकल व्यवसायी प्रसाईंले भारतीय प्रहरीसमक्ष आफूले आत्मसमर्पण गरेको दाबी गरेका छन्। 

प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। गत चैत १५ गते राजावादीको प्रदर्शनमा तीनकुने क्षेत्रमा हिंसा भड्काएको आरोप लागेपछि उनी फरार थिए। 
राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा राजावादील गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० जना बढी घाइते भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.