झापाको दमकमा एमालेको जनजागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

झापाको दमकमा एमालेको जनजागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
फाइल तस्बिर।
सुन्नुहोस्

झापा : सत्तारुढ दल नेकपा (एमाले)ले झापाको दमकमा आज जनजागरण सभा गर्ने भएको छ । सरकारमाथि निरन्तर हमला हुन थालेपछि संघीयता र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि भन्दै एमालेको कोशी प्रदेश कमिटीले दमकको पशु हाटमा जनजागरण सभा गर्न लागेको हो । 

सभाको सम्बोधन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने भएका छन् । प्रधानमन्त्री ओली ११ बजे भद्रपुर विमानस्थल ओर्लिएर दमक जाने कार्यक्रम रहेको जनाइएको छ । ओलीले साढे १२ बजे सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

जनजागरण सभामा प्रदेशभरबाट एक लाखको सहभागिता गराउने एमाले कोशी प्रदेश कमिटीको लक्ष्य छ । सभामा झापा, इलाम, मोरङ, सुनसरी, उदयपुरबाट ठूलो सङ्ख्यामा सहभागी रहने एमालेको दाबी छ। यस्तै, पहाडी जिल्लाबाट पनि उल्लेख्य सङ्ख्यामा सहभागी रहने एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले जानकारी दिए । संघीय लोकतान्त्रिक गणतन्त्रमाथि औला उठाउने तत्त्वलाई सशक्त खबरदारी गर्न सभाको आयोजना गरिएको उनको भनाई छ । 

पूर्वतर्फबाट आउने सवारी साधन र सहभागीहरू रतुवा पुल पारी र पश्चिमतिरबाट आउने सहभागीहरू पश्चिम बस स्टेन्डमा सवारी रोकेर नारा जुलुससहित कार्यक्रमस्थल प्रवेश गर्नेछन् । जागरण सभालाई व्यवस्थित गर्नका लागि करिब २ हजार स्वयंसेवक परिचालन गरिएको उनले बताए । जागरण सभा सफल बनाउन पूर्व सन्ध्यामा दमकमा बृहत् मोटरसाइकल र्‍यालीसमेत निकालेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.