राजतन्त्रको नाममा राजावादीले आफैंलाई सिध्याउँदै छन् : नेता सिटौला

राजतन्त्रको नाममा राजावादीले आफैंलाई सिध्याउँदै छन् : नेता सिटौला
सुन्नुहोस्

झापा : नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजतन्त्र फर्काउनेहरू धेरै छटपटाइरहेकोले आफ्नो काल आफैँ निम्त्याउन खोजेको बताएका छन्। 

आइतबार बिहान नेपाल विद्यार्थी संघ झापाले भद्रपुरमा आयोजना गरेको दोस्रो जनआन्दोलनका शहीदहरू राजन गिरी र सुरज विश्वासको स्मृति सभामा बोल्दै  सिटौलाले यस्तो बताएका हुन्। 

'राजा हुँदा दरबार वरिपरि बसेर गरेको मस्ती अहिले भएन। पानीको माछा बालुवा राखेको जस्तो छटपटाहट अहिले राजवादीहरूमा देखिएको छ। यो संविधानले राजा फर्काउँछ भन्ने कल्पना पनि तपाईँहरूले नगर्नुहोस्। आफ्नो काल आफै निम्त्याउन नखोज्नुहोस्,’ नेता सिटौलाले भने, ‘यही लोकतान्त्रिक गणतन्त्र व्यवस्थाभित्र बसेर जनताको हकअधिकार र प्रगति खोज्नुहोस्।’ 

ज्ञानेन्द्र शाह पूर्व राजा मात्र नभएर अन्तिम राजा पनि भएको उनले बताए। ज्ञानेन्द्रलाई प्रश्न गर्दै सिटौलाले भने, ‘तपाई उक्साउनेहरूको पछि नलाग्नुहोस्, उक्साउनेहरूले तपाईँलाई खाडलमा लागेर फाल्ने छन्।’ 

ज्ञानेन्द्रलाई सम्मानपूर्वक आफ्नो ठाउँमा शान्त भएर बस्न र जनताको सेवामा लाग्न उनले सुझाव दिए। ‘म फेरि राजा बन्छु भन्ने चाहिँ कल्पना पनि नगर्नुहोस्, सपना पनि नबाँड्नुहोस्,’ सिटौलाले थपे। 

लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको देशमा भत्ता, सत्ता, मन्त्रीलगायत सारा पद लिएका व्यक्ति पनि राजा चाहियो भनेर ढलेको दरबारको चाकडी गर्न पछि नहटेको उनले बताए। 

यो व्यवस्थाले कसैलाई केहीमा नरोकेको बताउँदै सिटौलाले भने, 'कहाँ रोकेको छ यो व्यवस्थाले ? हुनै नसक्ने बाटोमा, फर्किनै नसक्ने बाटोमा किन जान खोज्नु हुन्छ ? राजा वीरेन्द्रको वंश नाशपछि ज्ञानेन्द्र राजा भए। धेरै समय लागेन ज्ञानेन्द्र, महेन्द्र पथतिर फर्किन। त्यसैले हामीले भन्यौं यो पश्चगामी र प्रतिगामी कदम हो, र जनताले त्यो व्यवस्था ढालेर देशमा लोकतन्त्र र गणतन्त्र व्यवस्था ल्याए।' 

राजाहरूको पालामा अवसर नपाएका समुदायका व्यक्ति पनि अहिले देशको ठूलो ठाउँमा पुग्न सफल भएको उनले बताए।  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.