झापामा बस दुर्घटना : आन्दोलनबाट फर्किएका १४ शिक्षकसहित २१ जना घाइते

झापामा बस दुर्घटना : आन्दोलनबाट फर्किएका १४ शिक्षकसहित २१ जना घाइते
सुन्नुहोस्

झापा : झापाको शिवसताक्षीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ शिक्षकसहित २१ जना घाइते भएका छन्। काठमाडौँबाट झापा आइपुगेको सयपत्री यातायातको प्रदेश १–०१–००१ ख ४२३५ नम्बरको रात्रि बस शिवसताक्षी नगरपालिका- ९ दुधेस्थित मिलन चौकमा शनिबार बिहान अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

घाइतेहरूमध्ये ९ जनाको बीएण्डसी अस्पताल र १२ जनाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ। उनीहरूको अवस्थामा खतरामुक्त रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये १४ जना शिक्षक रहेका छन्। उनीहरू शिक्षक आन्दोलनमा सहभागी जनाउन झापाबाट काठमाडौँ गएका थिए। 

बस चालक शिवसताक्षी नगरपालिका ८ झिलझिले निवासी ३८ वर्षीय महेन्द्र कन्दङवालाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.