हाटबजार आगलागी: ३ करोड बढीको क्षति

हाटबजार आगलागी: ३ करोड बढीको क्षति
सुन्नुहोस्

अछामः साँफेबगर नगरपालिका ३ हाटबजारमा आगलागी हुँदा ३ करोड रुपैयाँ भन्दा बढीको क्षति भएको छ। १० पसल जलेका छन्। जिल्ला प्रहरी कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार आगलागीबाट ३ करोड ८६ लाख ६५ हजारको क्षति भएको छ। 

शनिवार बिहान भएको आगलागीबाट गंग कुँवरको कालभैरव एण्ड सन्स जनरल स्टोर, प्रेम खड्काको शुभेच्छा मम सेन्टर, भीम कुँवरको रोड साइड रेस्टुरेन्ट, दीपक सुनारको कालभैरव सुनचाँदी पसल, ज्ञानेन्द्र कुँवरको डाग ग्यालरी, टीका कुँवरको टीका फेन्सी एण्ड ब्युटी पार्लर, सुरेस कुँवरको शीतल नास्ता पसल, किशोर भाटको मदिरा पसल, मक्र कुँवरको रिभर साइड नास्ता पसल, सुमन कुँवरको राज्यश्वरी कृषि तथा पशुपछि फर्म जलेका छन्। 

आगलागी हुनासाथ नेपाल बैंकमा जडान गरिएको साइरन बजेपछि अधिकांश व्यापारी र स्थानीयहरूले जानकारी पाएपछि आगो नियन्त्रणमा खटिएका थिए। बैंकको साइरन बजेपछि धेरैले थाहा पाएको स्थानीय व्यापारी भीम कुँवरले बताए। शुभेच्छा मम सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ। 

आगलागी नियन्त्रणमा लागी गीता कठायतको पक्की घर भत्काइएको छ। उनको घर भत्काएपछि अन्य पसलमा आगो सल्किन पाएन। गत चैत २६ गते मात्र बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजार भीषण आगलागी हुँदा ८ करोडको क्षति भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.