रेशम चौधरीको पक्राउ हाम्रो एकता भाँड्ने ठूलो षड्यन्त्र : सीके राउत

रेशम चौधरीको पक्राउ हाम्रो एकता भाँड्ने ठूलो षड्यन्त्र : सीके राउत
सुन्नुहोस्

काठमाडौं : जनमत पार्टीका अध्यक्ष सीके राउतले रेशम चौधरीलाई पक्राउ गरेर एकता भाँड्न खोजेको आरोप लगाएका छन्।

रेशम चौधरी रिहाइ भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष राउतले पक्राउको घटनालाई ठूलो षड्यन्त्रको रूपमा लिए। 'पार्टी एकीकरण हुने दिन नै रेशम चौधरीलाई पक्राउ गर्नुलाई हामीले ठूलो षड्यन्त्रको रूपमा लिएका छौं। हामीबीच हुने पार्टी एकता भाँड्ने प्रयास पनि हो,' सञ्चारकर्मीसँग उनले भने।

उनले सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई मोहोरा बनाइएको आरोप लगाए। 'यस घटनामा ठूलै षड्यन्त्र भएको छ। कर्मचारीलाई त मोहोरा मात्र बनाइएको हो,' उनले भने।

अध्यक्ष राउतले पार्टी एकीकरण भएरै छाड्ने भए। त्यसका लागि आवश्यक छलफल हुने बताए। 'उहाँ रिहा भइसक्नुभएको छ। अब हामी यस घटनालाई समीक्षा गर्छौं। पार्टी एकीकरण त भएरै छाड्छ,' उनले भने। 

त्यस्तै रेशम चौधरीका बुबा लालवीर चौधरीले भोलि नै पार्टी एकता हुने बताए। 'भोलि नै पार्टी एकता हुन्छ। हामी अझ बलियो भएर आउनेछौं,' उनले भने।
जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज प्रज्ञा प्रतिष्ठानमा एकता घोषणा हुँदै थियो। त्यसै क्रममा सादा प्रहरीले रेशम चौधरीलाई पक्राउ गरेका थिए। महिमानसिंहले जारी गरेको पत्रका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। तर, पत्र नै शंकास्पद् देखिएपछि सर्वोच्च अदालतले अर्को पत्र जारी गरेर रेशमलाई थुनामुक्त गर्न निर्देशन दिएको थियो।

नक्कली पत्र जारी गर्ने विष्ट पक्राउ परेका छन्। प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.