कर्मा राप्के चिनियाँ जेलमुक्त, कर्मा छेदेन अझै जेलमै

कर्मा राप्के चिनियाँ जेलमुक्त, कर्मा छेदेन अझै जेलमै
सुन्नुहोस्

गोरखा : चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएको गोरखाका कर्मा राप्के एक वर्षपछि रिहा भएका छन्। चुमनुब्री गाउँपालिका-७ छेकम्पार लामागाउँका लामालाई मंगलबार बिहान रिहा भएका हुन्।

उनी बुधबार काठमाडौंमा उत्रिएका सो क्षेत्रका सांसद राजेन्द्र बजगाईंले जानकारी दिए। ‘अस्ति रिहा हुनुभएको हो। हिजो काठमाडौं आइपुग्नु भएको छ’, सांसद बजगाईंले भने।

उनी बुधबार नै परिवारको सम्पर्कमा आइपुगेको छेकम्पार, लामा गाउँका पासाङ फुञ्जो लामाले जानकारी दिए। ‘मलाई रिहा हुने बित्तिकै चाइनाबाटै फोन गर्नुभएको थियो’, उनका आफन्तसमेत रहेका पासाङ फुञ्जो लामाले भने, ‘अनि हिजो उताबाट प्लेन चढाएर नेपाल पठाइदिएको रहेछ। हिजो नै आमाले बुझेर लिइसक्नु भएको छ।’

गत वर्ष बैशाख पहिलो हप्ता यार्सागुम्बा संकलन गर्न गएका ३० वर्षका कर्मा राप्केलाई परिचय नदिई सिमानामा बोलाएर चिनियाँ सुरक्षाकर्मीले पक्राउ गरेका परिवार स्रोतको भनाइ छ। कर्मा राप्केसँगै चिनियाँ सुरक्षाकर्मीले छेकम्पार छुलेका कर्मा छेतेन भने अझै चिनियाँ कारागारमा छन्। उनी अझै दुईवर्ष चिनियाँ जेलमै रहने सूचना आएको पासाङ फुञ्जो लामाले जानकारी दिए।

दुई युवालाई बिना जानकारी सिमानामा बोलाएर चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि सांसद राजेन्द्र बजगाईंले उनीहरूको यथार्थ अवस्थाको जानकारी लिन र जीवन सुरक्षाको माग गर्दै संसदमा आवाज उठाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.