लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै एक भएर अगाडि बढ्नुपर्छ : मन्त्री सुडी
कपिलवस्तु : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सबै राजनैतिक दल तथा नागरिक समाजहरू एक भएर अगाडि बढ्नुपर्ने बताए।
जनता समाजवादी पार्टी कपिलवस्तुको आयोजनामा तौलिहवामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले वर्तमान संविधानलाई बचाउन सरकार र नागरिक सबैको जिम्मेवारी रहेको बताए।
मन्त्री सुडीले पार्टीका नेता कार्यकर्ताहरूलाई संगठन विस्तारमा लाग्न आग्रह समेत गरे।
प्रतिक्रिया दिनुहोस !