बजेट बढाउनेमा होइन, कार्यान्वयनमा ध्यान देऊ

बजेट बढाउनेमा होइन, कार्यान्वयनमा ध्यान देऊ
सुन्नुहोस्

प्रत्येक वर्ष जस्तै यस वर्ष पनि प्रदेशका मुख्यमन्त्रीहरू संघीय राजधानी काठमाडौं धाइरहेका छन्—बजेट माग्न । संघीय सरकार, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको समक्ष बजेट वृद्धिको माग लिएर उनीहरू केन्द्र पुग्छन् । सबै प्रदेशले हाम्रो आवश्यकताअनुसार पर्याप्त बजेट छैन भन्ने गुनासो गर्छन् । तर, वास्तविकता के हो भने, प्रदेश सरकारहरूले आफूलाई छुट्ट्याइएको बजेटसमेत वर्षभरि खर्च गर्न सकिरहेका छैनन् ।

संघीयताको मूल मर्म भनेको स्रोत, साधन र निर्णयको अधिकार तलसम्म पुर्‍याउने हो । तर, पछिल्ला वर्षहरूको तथ्यांक हेर्दा प्रदेश सरकारहरू संघीय सरकारमा निर्भर मात्र होइन, काम गर्नेभन्दा माग गर्ने भूमिकामा सीमित हुँदै गएका छन् । चालू आवका पहिलो ८ महिनाको बजेट खर्चको विवरण हेर्दा प्रायः सबै प्रदेशको पुँजीगत खर्च निराशाजनक छ । बजेटको ठूलो हिस्सा फाइलमै सीमित हुने, विकास आयोजनाहरू समयमै सुरु नहुने, योजना छनोट राजनीतिक प्रभावमा हुने र प्रशासनिक ढिलासुस्ती प्रमुख समस्याहरू हुन् । 

मुख्यमन्त्रीहरू केन्द्रमा धाएर बजेट वृद्धिको माग गर्नु सट्टा अब आफैंले पाएको बजेट यथासम्भव प्रभावकारी रूपमा खर्च गर्ने रणनीति बनाउनुपर्छ । बजेट खर्चको दक्षता नबढाउने हो भने बजेट जति थपिए पनि त्यसले जनताका जीवनमा सकारात्मक परिवर्तन ल्याउँन सक्दैन । मधेस प्रदेशले जम्मा १२ प्रतिशत बजेट खर्च गरेको छ । बजेट किताबमा लामो सूचीमा योजना राख्ने तर कार्यान्वयन गर्ने प्रवृत्ति रहेको छ । यो निकै विडम्बना हो । बजेट कार्यान्वयनको दायित्व योजना माग गर्नेको पनि हुन्छ ।

सरकारका योजनाहरू प्रायः सांसदहरूले पेस गरेका हुन्छन् । आफ्नो क्षेत्रमा बजेट पारे भन्दै प्रचार गर्ने सांसदहरूले कार्यान्वयनमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । प्रदेशमा साना टुक्रे योजना हुँदा कार्यान्वयन चुनौतीपूर्ण बनेको छ । त्यसर्थ सरकारले योजना बनाउँदा सानो रकमका बजेट स्थानीय तहमा पठाउने र कम्तीमा एक करोडभन्दा माथिका योजना मात्रै कार्यान्वयनमा राख्नुपर्छ । अहिले ३ लाखका योजनाहरू प्रदेश सरकारले रातो किताबमा राखेको छ ।

प्रदेश सरकारले योजना निर्माणदेखि कार्यान्वयन, अनुगमन र मूल्यांकनसम्मको संयन्त्र बलियो बनाउनुपर्छ । क्षमता अभाव, कर्मचारी व्यवस्थापनको कमजोरी, पारदर्शिता अभाव र स्थानीय निकायसँगको समन्वयको कमी, यी सबै पक्षमा सुधार आवश्यक छ । संघीय सरकारले पनि बजेट बाँडफाँट गर्दा केवल राजनीतिक समीकरण होइन, खर्च गर्ने क्षमता, कार्यक्षमता र विकासका प्राथमिकताका आधारमा स्रोत वितरण गर्नुपर्छ ।

संघीयता सफल पार्न चाहने हो भने मुख्यमन्त्रीहरूले अब कति बजेट आयोभन्दा बढी कति खर्च गरियो र कस्तो परिणाम आयो भन्ने प्रश्नलाई केन्द्रमा राख्नुपर्छ । संघमा धाउनुभन्दा आफैं सक्षम बनौं । तब मात्रै प्रदेश शासन प्रणालीप्रति जनताको विश्वास बलियो हुनेछ । नीति कार्यक्रम तथा बजेटको तयारीकै बेला कार्यान्वयनको स्पष्ट योजना बनाउन आवश्यक छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.