राजावादीले घोषणा गरे अनिश्चितकालीन जनआन्दोलन

राजावादीले घोषणा गरे अनिश्चितकालीन जनआन्दोलन

काठमाडौं : राजसंस्था पुनःस्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ। राजावादीहरूले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरेको हो।

राजावादीहरूले १४ बुँदे संयुक्त वक्तव्य जारी गर्दै अनिश्चितकालीन आन्दोलन घोषणा गरेको संयोजक नवराज सुवेदीले बताए। उनका अनुसार हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म आन्दोलन जारी रहनेछ। '२०८२ जेठ १५ देखि सुरु हुने यो आन्दोलन हिन्दु राष्ट्र र राजसंस्था स्थापना नभएसम्म टुंगिने छैन। आन्दोलनको विस्तृत कार्यक्रम उपयुक्त समयमा जानकारी गराइनेछ,' १४ बुँदे वक्तव्यमा भनिएको छ।

जेठ १५ गतेदेखि देशका विभिन्न स्थानमा जुलुस, धर्नालगतयका जनप्रदर्शन गरिने संयोजक सुवेदीको भनाइ छ। आन्दोलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राजावादी घटकहरूको संयुक्त आयोजना रहने बताइएको छ। 

राजावादी घटकहरूले परिवर्तनकारी शक्ति र विचार तथा परम्परागत शक्ति र विचारको बीचमा सामञ्जस्यता कायम गर्ने र सबै विचारधारा र शक्तिहरू अटाउने गरी संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र स्थापना गर्ने विषयमा सहमति जनाएका छन्।

त्यस्तै सर्वधर्म समभाव र पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्रको स्थापना र केन्द्रमा एउटा बलियो सरकार र स्थानीय तहमा शक्ति हस्तान्तरणको मान्यताअनुरुप अहिलेको भन्दा धेरै अधिकार सम्पन्न स्थानीय सरकार गरी दुई तहको सरकार स्थापना गर्ने सहमति जनाएका छन्।

त्यस्तै तीनकुने घटनामा पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्रलगायतहरूको तत्काल रिहाइ गर्न माग पनि गरिएको छ। राजावादीहरूले शान्तिपूर्ण आन्दोलन गर्ने र भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरूप हुने जानकारी दिएको छ। 

यस्तो छ १४ बुँदे वक्तव्य



प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.