राजावादीलाई गृहमन्त्रीको चेतावनी- संविधानविरोधी गतिविधि सह्य हुँदैन

राजावादीलाई गृहमन्त्रीको चेतावनी- संविधानविरोधी गतिविधि सह्य हुँदैन
सुन्नुहोस्

काठमाडौं : गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि सह्य नहुने बताएका छन्। तीनकुने घटनामा पक्राउ परेकाहरूका विषयमा उठेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान भइरहेको बताए।

'तीनकुने क्षेत्रमा पूर्वराजाका सर्मथकले गरेको प्रर्दशनका क्रममा विध्वंशात्मक घटनालाई सरकारले अत्यन्तै गभ्मीरतापूर्वक लिएको छ। संविधानविरोधी गतिविधि कुनै हालतमा सह्य हुनेछैन। घटनामा संलग्नहरूलाई नियन्त्रणमा लिएर बिना कुनै पूर्वाग्रह आवश्यक अनुसन्धान र अभियोजनको कार्य भइरहेको छ,' सदनलाई उनले जवाफ दिए। 

संविधान र व्यवस्थाविरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउन र संघीय लोकतान्तिक गणतन्त्रामक अधिकारको निर्वाध उपयोग गर्न पाउने वातावरणको निर्माण गर्ने कुरामा सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ। 

तीनकुने घटना नियोजितरूपमा आतंक र अराजकता फैलाउने मनसायले गरिएको कुरामा कुनै विवाद नरहेको बताए। 'आफ्ना असहमतिहरू शान्तिपूर्वक राख्ने र जनमतबाट अनुमोदित हुने अधिकार सबैलाई संविधानले दिएको छ। तर, अराजक शैलीमा भएको लुटपाट, तोडफोड र आगलागी तथा सुरक्षाकर्मीमाथि गाडी गुडाउनेसम्मको प्रयास अक्षम्य र भर्त्सनायोग्य छ,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.