अटोको ठक्करबाट बालकको मृत्यु, २ जना घाइते
डडेलधुरा : डडेलधुराको आलिताल गाउँपालिका–८ स्थित गोदाम बजार नजिक अटोको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो भीनपा ००१ ह ०१२६ नम्बरको अटोले ठक्कर दिँदा आलिताल–४, कैनघाडीका ज्योती श्रेष्ठ विकका छोरा विवेकको मृत्यु भएको हो।
घाइते बालकको उपचारका क्रममा जोगबुढा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त अटोमा सवार गरिरहेका ६ जनामध्ये दुईजना घाइते भएका छन्। घाइते हुनेमा आलिताल-४ का १८ वर्षीय दीपक बोहरा र सोही गाउँपालिका-६ कि ६५ वर्षीय मैना कामी रहेका छन्।
घाइतेको जोगबुढा अस्पताल जोगबुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक डम्मर विष्टले बताए। बुडरबाट जोगबुढा जाँदै गरेको अटोले आमा ज्योती श्रेष्ठ विकसँगै पैदल हिँडिरहेको अवस्थामा बालक विवेकलाई ठक्कर दिएको थियो।
ठक्करपछि अटोले बालकलाई करिब १० मिटरपरसम्म घिसारेको प्रत्यक्षदर्शीहरूले भनाइ छ। अटो चालक भने अहिले फरार रहेका छन्। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !