पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा

पाकिस्तान सुपर लिगका बाँकी खेल युएईमा
सुन्नुहोस्

काठमाडौं : भारत र पाकिस्तानबीच तनाव बढ्दै पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले पाकिस्तान सुपर लिग (पीएसएल)का बाँकी खेलहरू संयुक्त अरब इमिरेट्स (युएई)मा आयोजना गर्ने भएको छ।  

अब पीएसएलका अन्तिम आठ खेलहरू अब युएईमा आयोजना हुने भएका छन्। यी खेलहरु रावलपिंडी, मुल्तान र लाहोरमा आयोजना हुने तालिका रहेको थियो।  

पीसीबीले जारी गरेको विज्ञप्ति अनुसार खेलको तालिका, मिति र स्थान भने सही समयमा घोषणा गरिनेछ।

बिहीबार रावलपिंडी क्रिकेट रंगशालामा हुने तय भएको पीएसएल खेल रद्द गरिएको छ। पाकिस्तानी सेनाले रावलपिंडी क्रिकेट रंगशाला नजिकैको फूड स्ट्रिटमा भारतीय ड्रोन खसालेको दाबी गरेको थियो।

पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष मोहसिन नकवीले पनि विज्ञप्ति जारी गर्दै,‘भारतको सम्भावित आक्रमणबाट हाम्रा घरेलु र विदेशी पाहुना क्रिकेटरहरूलाई जोगाउन पीसीबीले बाँकी खेलहरू युएईमा सार्ने निर्णय गरेको छ।’

मोहसिन नकवीले पीसीबी लिगको निरन्तर वृद्धि सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।  

यी खेलहरूको पुनः तालिकाबद्ध गरिने 

कराँची किंग्सविरुद्ध पेशावर जाल्मी

पेशावर जाल्मीविरुद्ध लाहोर कलन्दर्स

इस्लामाबाद युनाइटेडविरुद्ध कराँची किंग्स

मुल्तान सुल्तान्सविरुद्ध क्वेटा ग्लेडिएटर्स

छनोटकर्ता

एलिमिनेटर १

एलिमिनेटर २

फाइनल 

यसअघि भारतमा पनि बिहीबार हिमाचल प्रदेशको धर्मशालामा खेलिएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल बीचैमा रद्द गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.