पाकिस्तानमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकार सचेत छ : परराष्ट्र मन्त्रालय

पाकिस्तानमा रहेका नेपालीको सुरक्षा सुनिश्चित गर्न सरकार सचेत छ : परराष्ट्र मन्त्रालय
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपालीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताएका छ। पाकिस्तानमा अध्ययनरत विद्यार्थीहरूले नेपाल फर्काउनका लागि सरकारसँग पहल गरिदिन आह्वान गरेपछि परराष्ट्र मन्त्रालयले उक्त कुरा बताएको हो।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न सरकार सचेत रहेको उल्लेख गरेको छ।

'हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी र नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ नेपाल सरकार पूर्णरूपमा सचेत छ। यसका निम्ति पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सम्पूर्ण विद्यार्थी र नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ,' परराष्ट्र मन्त्रालयले भनेको छ।

मन्त्रालयले आवश्यक सहयोगका लागि दूतावासका सचिव वृन्दा सुबेदी खड्का र आर्सलान मेहमुदलाई सम्पर्क गर्न आग्रह गरेको छ। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.