ब्राउनसुगरको कारोबार गर्ने तीन जना २ लाख ४३ हजार नगदसहित पक्राउ

ब्राउनसुगरको कारोबार गर्ने तीन जना २ लाख ४३ हजार नगदसहित पक्राउ
सुन्नुहोस्

झापा : झापा प्रहरीले लागू औषध ब्राउनसुगरको ठूलो मात्रामा कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ। 

प्रहरीले उनीहरूको साथबाट प्लास्टिक बाहेक १००.०९० ग्राम ब्राउन सुगर, २ लाख ४३ हजार ५ सय रुपैयाँ नगद र एउटा कार बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार साँझ साढे ५ बजेको समयमा भारतीय मोटरसाइकलमा गौरीगञ्ज आएका भारत किसनगञ्ज जिल्ला खननियाबाद–७ फुलबरियाका १९ वर्षीय मोनाजिर आलमलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेका थिए। 

उनको साथमा रहेको मोबाइल चेक गर्ने क्रममा लागू औषध पठाएको भिडियो प्रहरीले भेटेपछि खोजतलासको क्रममा किसनगञ्ज जिल्ला खननियाबाद ५ फत्तेपुरका ५८ वर्षीय भोला ठाकुरसँग रहेको भन्ने सूचना पाएको थियो। प्रहरीले ठाकुरलाई खोजतलास गर्ने क्रममा गौरीगञ्ज–३ बाट ब्राउन सुगरसहित नित्राजेपाम १०० ट्याब्लेट, कमोडिनफोस्फेट नाम सिरप २ बोतल बरामद गरेको थियो।

उक्त लागू औषध खरिद गर्न आउने दमक नगरपालिका–५ का सञ्जय भन्ने भूपेन्द्र राईलाई गौरीगञ्ज गाउँपालिका– ३ मा ना १ च ९१६२ नम्बरको कारभित्र बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए। 

उनले लागुऔषध खरिद गर्न बोकेको २ लाख ४३ हजार ५ सय रुपैयाँ र साथमा भएको आईफोन मोबाइल २ थान, कारभित्र लागू औषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु १ थानसमेत फेला पारेको थियो। पक्राउ परेका उनीहरूलाई आवश्यक अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.