नेपाल सुपर ‘थ्री’मा प्रवेश

नेपाल सुपर ‘थ्री’मा प्रवेश
सुन्नुहोस्

काठमाडौं : आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबिचको खेल वर्षाका कारण रद्द हुँदा नेपाल सुपर ‘थ्री’मा प्रवेश गरेको छ।

आइसीसीको प्लेइङकन्डिसन अनुसार डलब राउण्ड रोबिनमा नेपाल समूह चरणमा सर्वाधिक जित निकालेको आधारमा सुपर थ्री प्रवेश गरेको हो। 

अब नेपालले समूह ‘ए’ र ‘बी’बाट आएका बलिया प्रतिस्पर्धी थाइल्यान्ड र यूएईसँग खेल्नेछ। 

नेपालले समूह चरणमा ४ खेल खेल्दै २ जित दर्ता गर्‍यो। नेपालले दुवै खेलमा बहराइनलाई हराएको थियो। नेपालले हङकङसँग हार बेहोरेको थियो। एक खेल भने नतिजाविहीन बनेको थियो। 

हङकङले ४ खेलमा १ मात्रै खेल खेल्न पायो। १ खेल खेलेको हङकङले नेपाललाई हराएको थियो। बाँकी खेलमा भने अंक बाँडेको हङकङले अपराजित रहँदा पनि सुपर थ्री पुग्न सकेन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.