लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा ५ जना पक्राउ
सिरहा : लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। सिरहा प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै खैरे हिरोइन र नगदसहित ५ जनालाई सार्वजनिक गरेको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान नगरपालिका–१२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन्। यस्तैबरियारपट्टी गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव, १९ वर्षीय निरज राय र सिरहा नगरपालिका–२ का ४५ वर्षीय संजय कारक रहेका छन् ।
उनीहरूको साथबाट लागूऔषध खैरे हिरोइनसहित ७० लाख ५३ हजार ६५५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारती रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरूमाथि अदालतबाट म्याद थप गरी मुद्दा पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !