रुकुमपूर्वलाई ‘हिमालय टुरिस्ट हब’ घोषणा
रुकुमपूर्व : हिमाली जिल्ला रुकुमपूर्वलाई औपचारिक रूपमा ‘हिमालय टुरिस्ट हब’ घोषणा गरिएको छ।
कमलदहमा आयोजित समारोहमा जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसी, लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमले हबको ब्यानर अनावरण गर्दै ऐतिहासिक कामको थालनी गरेका हुन्।
जिल्ला समन्वय समितिका उप–प्रमुख केसीले हिमाली सौन्दर्य, ऐतिहासिक–धार्मिक सम्पदा र पदयात्रा सम्भावनाले भरिपूर्ण रुकुमपूर्वलाई प्रदेशकै प्रमुख गन्तव्य बनाउने लक्ष्यसहित सडक, सञ्चार, आवास र साहसिक खेलकुद पूर्वाधारमा स्थानीय सरकार एकजुट भएर योजना बनाइ काम गर्नुपर्ने धारणा व्यक्त गरे।
मन्त्रालयका सचिव गौतमले हब घोषणासँगै प्रदेश सरकारले डिजिटल मार्केटिङ अभियान सुरु गर्ने तयारी गरेको बताए। रुकुमपूर्वको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पदयात्रा मार्गलाई एकीकृत गर्दै ‘हिमालय टुरिस्ट हब’ले प्रदेशको पर्यटन नक्सामा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस !