गोरखामा भेटिएको भग्नावशेष सत्रौं शताब्दीको हुनसक्ने

गोरखामा भेटिएको भग्नावशेष सत्रौं शताब्दीको हुनसक्ने
गोरखा नगरपालिका–१० मा पुरातत्व विभागले गरेको मन्दिरको उत्खनन ।
सुन्नुहोस्

गोरखा : पुरातत्व विभागले गोरखा नगरपालिका–१० छेपेटारमा भेटिएको भग्नावशेष सत्रौं शताब्दीको मन्दिरको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले ९ दिन लगाएर गरेको उत्खनन तथा प्रारम्भिक अनुसन्धानबाट जमिनमुनि चार सय वर्षअघि बनेको दुईतले मन्दिर रहेको अनुमान गरेको हो।

पहिलो चरणको उत्खनन सम्पन्न गरी टोली विभाग फर्किएको छ। ‘१० दिनको कार्यादेश लिएर हामीले उत्खनन गरेका थियौँ। ९ दिनसम्म उत्खनन गर्यौं‍’, अधिकारीले भने, ‘त्यहाँ भग्नावशेषको भाग, इटाको गारो, थाम राख्न प्रयोग भएको ढुंगा, जगको ढुंगा, ठाउँ–ठाउँमा नासिएको, ठाउँ–ठाउँमा बचेको भेटियो। तामाको दियो, सिक्काहरू पनि भेटियो। धातुका वस्तु त पछिका हुनसक्छन्। तर, इँटा, ढुंगा, मन्दिरको डिजाइन आदिको अध्ययन गर्दा यो सत्रौंदेखि अठारौं सताव्दीमा बनेको हुनसक्ने प्रारम्भिक अनुमान ग¥यौँ।’ यसपटक समय र सीमाका कारण उत्खनन पूरा हुन नसकेको उनले बताए। ‘देखिएकामध्ये पनि अझै ३० प्रतिशत अध्ययन बाँकी नै छ तर, निर्धारित स्रोतसाधन र कार्यादेश सकियो’, उनले भने।  

भग्नावशेषमा रहेको गारोको चौडाइ ७० सेन्टिमिटर छ। इँटा, ढुंगाबाट निर्माण भएको जग र झिंगटीले छाएको कम्तिमा दुई तलाको शिवकै मन्दिर हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। सबै भाग उत्खनन गरेर अध्ययन गरेपछि मात्र के रहेछ भन्ने एकिन हुन्छ’, उनले भने। विस्तृत अध्ययनका लागि दक्षिण–पूर्वतर्फ रहेको राममन्दिरतर्फको भाग पनि उत्खनन गर्नुपर्ने उनले बताए। ‘दक्षिण–पूर्वतर्फको राममन्दिर पनि भग्नावशेषमाथि बनाइएको हामीले अनुमान गरेका छौं। यसको पूरै संरचना उत्खनन गरेर अध्ययन सकेपछि मात्र यसको संरक्षण कसरी गर्ने भन्ने विभागले निर्णय गर्छ’, उनले भने। 

महादेवस्थान संरक्षण तथा विकास समितिद्वारा गत वर्ष सो क्षेत्रमा लट्टेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने क्रममा पुरातात्विक संरचनाको भग्नावशेष फेला परेको थियो। काम रोकेर समितिले पुरातत्व विभागलाई खबर गरेको थियो। त्यसको करिब एक वर्षपछि विभागको टोलीले स्थलगत अध्ययन गरेको हो। अहिले देखिएको भग्नावशेषको ७० प्रतिशत मात्र उत्खनन गर्न सकिएको विभागले जनाएको छ। २०३४ सालमा राममन्दिर बनाउँदा पनि यहाँको भग्नावशेष नष्ट भएको थियो। ‘गत वर्ष पनि यहाँ एक्साभेटर लगाएर जग्गा सम्याउँदा र पीपलको बोट जरैदेखि उखालेर फ्याँक्ने क्रममा भग्नावशेषको धेरै भाग नष्ट भएको छ। त्यसैले यसको अध्ययन गर्न कठिनाइ भएको छ’, अधिकारी भन्छन्, ‘अहिलेको सबै उत्खनन गर्न सकिएन। अब अर्को वर्ष यस कार्यक्रमलाई निरन्तरता दिइनेछ।’ 

प्लास्टिकले ढाकेर माथिबाट माटोले संरक्षण गरिने उनले जानकारी दिए। तत्काल सो क्षेत्रमा उत्खनन नगर्न र कुनै पनि संरचना निर्माण नगर्न विभागले स्थानीयलाई आग्रहसमेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.