एमाले-कांग्रेस गठबन्धन टुट्दैन : महत

एमाले-कांग्रेस गठबन्धन टुट्दैन : महत
सुन्नुहोस्

गोरखा : नेपाली कांग्रेसका प्रवक्ता प्रकासशरण महतले एमाले कांग्रेसको गठबन्धन नटुट्ने बताएका छन्। मंगलबार गोरखाका पत्रकारहरूसँग कुराकानी गर्दै उनले यो गठनबन्धन उच्चकोटीको भएकाले टुट्ने सम्भावना नभएको बताएका हुन्। 

‘धेरै अखबरको सूचनाको पछि नलाग्न म अनुरोध गर्दछु’, उनले भने, ‘यो गठनबन्धन उच्चकोटीको भएकाले एक अर्काको दृष्टिकोणलाई बुझ्नु पर्दछ। कसैको मत सतप्रतिशत लागु हुन्छ भन्न सकिँदैन। गठबन्धन भन्नेबितिक्कै त्यहाँ साझा दृष्टिकोणको आवश्यकता पर्दछ।’ एकले अर्काको प्रस्तावलाई कदर गर्नुपर्ने, यथेष्ट आधारहरू भए स्वीकार गर्नुपर्ने उनको टिप्पणी छ।

गठबन्धनलाई टिकाइराख्न प्रधानमन्त्रीको बढि जिम्मेवारी हुने भन्दै उनले यसमा आशंकाको वातावरण सिर्जना नगर्न प्रधानमन्त्री समक्ष आग्रह गरे। ‘मिश्रित निर्वाचन प्रणालीले कुनै पनि दललाई स्पष्ट बहुमत ल्याउन नदिएकाले गठबन्धनको सरकार बनाउनु परेको हो। यसअघिका गठबन्धन भन्दा यो गठबन्धन बलियो भएकाले यसमा शंका, उपशंका उत्पन्न हुने खालका वातावरण सिर्जना हुनबाट जोगाउन प्रधानमन्त्रीजी बढि जिम्मेवार हुनुपर्छ’, उनले भने।

आफू अर्थमन्त्री हुनुअघि मुलुकको अर्थतन्त्र अत्यन्त अस्तव्यस्त भएको भन्दै उनले आफ्नो अहोरात्रको प्रयासले ट्रयाकमा ल्याउन सफल भएको दाबी गरे। ‘अहिले केही न केही सुधार भएको छ तर यति सुधारले हामी सन्तुष्ट छैनौं’, उनले भने, ‘अब दोस्रो चरणको सुधारको योजना अघि बढ्नुपर्छ। संसदबाट अर्थसम्बन्धी पाँचवटा विधेयकहरू पास गरेको छ।’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.