बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुस राजीनामा दिने सोचमा
काठमाडौं : बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले राजीनामा दिने सोच बनाएका छन्।
विद्यार्थी नेता तथा राष्ट्रिय नागरिक पार्टीका संयोजक नाहिद इस्लामले मोहम्मद युनुससँग यस विषयका बारेमा छलफल गरेका छन्।
नाहिद इस्लामले बीबीसी बंगलालाई भने,‘देशको वर्तमान परिस्थितिका कारण हामीले सरको राजीनामाको खबर सुनिरहेका थियौं। त्यसैले म उहाँलाई भेट्न गएँ। यस भेटघाटको क्रममा प्रमुख सल्लाहकारले देशको वर्तमान अवस्थामा काम गर्न नसक्ने चिन्ता व्यक्त गर्नुभयो।’
यसअघि मोहम्मद युनुसले ढाकामा भएको सल्लाहकार परिषद्को बैठकमा देशको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
राजनीतिक दलहरूले पनि अन्तरिम सरकारमाथि दबाब दिइरहेका छन्।
पूर्वप्रधानमन्त्री खालिदा जियाको बीएनपी पार्टीले बिहीबार अन्तरिम सरकारका केही सल्लाहकारलाई हटाउन माग गरेको छ।
प्रतिक्रिया दिनुहोस !