झापा बाढीको उच्च जोखिममा, छैन पालिकाहरूमा पूर्वतयारी र प्रतिकार्य योजना

झापा बाढीको उच्च जोखिममा, छैन पालिकाहरूमा पूर्वतयारी र प्रतिकार्य योजना
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा  : मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष औसतभन्दा बढी पानी पर्ने आकलन गरिए पनि झापाका पालिकाहरूले पूर्वतयारीमा खासै चासो नदेखाएको जनाइएको छ । 

झापा जिल्ला बाढीको उच्च जोखिममा पर्छ । बाढीका कारण जिल्लाका ८ हजार ९१९ घरधुरी अति जोखिममा रहे पनि स्थानीय सरकारले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना नबनाएकाले तत्काल त्यसतर्फ ध्यान दिन जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको सर्वपक्षीय बैठकमा नेपाल रेडक्रस सोसाइटी झापाले आग्रह गरेको छ । 

बिरिङ, कनकाई, रतुवा, मेची, निन्दा, देउनियाँ, फुलवासा, हडिया, टाङटिङ, कमललगायत नदीहरूका कारण जिल्लाका दक्षिणी भेगका चार पालिका उच्च जोखिममा रहेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । 

उच्च जोखिममा रहेका पालिकाहरू गौरीगञ्ज, झापा, कचनकवल र बाह्रदशी रहेका छन् । अन्य पालिकाहरू मध्य जोखिममा रहेको उनको भनाइ छ ।  कनकाई नदीमा पानीको लेबल ३.८ भयो भने सचेतना लेबल र ४.३ भयो भने त्यसलाई खतराको लेबल भनिन्छ । ‘४.३ पानीको लेबल हुने बित्तिकै जिल्लाका करिब ९ हजार घरधुरी विस्थापित हुन्छ,’ उनले भने, ‘घरभित्र पानी पसेर डुबानमा पर्ने समस्या त छदैछ ।’ 

जिल्लाका क्षेत्र भएर बग्ने कनकाई, विरिङ र निन्दा नदीमा बाढी मापन केन्द्र र जिल्लाका ९ स्थानमा वर्षामापन केन्द्र रहेको छ । यी सबै मापन केन्द्रहरू यही जेठ १५ गतेदेखि एक्टिभ हुन्छ । जिल्लामा १२५ जना रेडक्रस स्वयसेवकहरू रहेको जानकारी गराउँदै उनले भने,‘बाढीपछि चाहिने आवश्यक सामग्रीहरू भण्डारणका लागि माई वारि र पारी गरी दुई स्थानमा कन्टेनर राखिसकेका छौँ ।’ 

राखिएको कन्टेनर थप विपद्जन्य आवश्यक सामग्री उपलब्ध गराइदिन उनले जिल्लाका सबै पालिकाहरूलाई अनुरोधसमेत गरेका छन् ।   यसवर्ष औसत भन्दा बढी पानी पार्ने र त्यसबाट २० लाख नागरिक प्रभावित हुने अनुमान गरिएको छ । तर, जिल्लामा त्यस्तो पूर्व तयारी सोचेअनुसार नभएको उनको भनाइ छ । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ परिच्छेद ३ दफा ११ (न) विपद् व्यवस्थापन राखिए पनि पालिकाहरूले यस शीर्षकमा बर्सेनि बजेट नै छुट्टाएको हुँदैन । ‘जिल्लाका १३१ वडा कार्यालयहरूमा गएर हेर्दा पनि हुन्छ विपद्मा चाहिने आवश्यक सामग्री पनि पाइँदैन,’उनले थपे । 

बाढी पछिको विपद्जन्य घटनाबाट जनतालाई बचाउन अहिलेदेखि नै तयारीमा जुट्नु पर्ने उनको भनाइ छ । त्यस्तै मौसम विज्ञान फिल्ड कार्यालय झापाका सुमनराज भट्टराईका अनुसार जिल्लामा पनि यस वर्ष औसत भन्दा बढी पानी पर्ने जानकारी गराए । उनका अनुसार मार्च महिनामा विगत १० वर्षको औसतमा कम पानी परेको थियो भने अप्रिलमा विगत १० वर्ष भन्दा औसतमा बढी पानी परेको बताए । 

जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकमा विपद् व्यवस्थापनसम्बन्धी विभिन्न निर्णयहरू समेत गरिएको जनाइएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.