बुटवलमा पूर्वश्रीमानले गरे पूर्वश्रीमती र दुई छोरीको हत्या*

बुटवलमा पूर्वश्रीमानले गरे पूर्वश्रीमती र दुई छोरीको हत्या*

कोइराला आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका हुन्।

बुटवल : बुटवलमा पूर्वश्रीमानले नाबालक दुई छोरी र पूर्वश्रीमतीको हत्या गरेका छन्। बुधबार बिहान चार बजे बुटवल उपमहानगरपालिकाको होराइजन चोकस्थित मिलिजुली पथमा बस्दै आएका ३४ वर्षीया दिपा बस्याल र उनका दुई छोरीको पूर्वश्रीमान सुजन कोइरालाले घरेलु हतियार प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरीकार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए।

उनका अनुसार छोरीहरू चार हिमानी बस्याल र सात वर्षीया स्नेहा बस्यालको हत्या भएको हो। सुजनले आफ्नै घरमा बोलाएर हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ। दीपा श्रीमान दुबई रहेका छन्।

उनीहरूबीच सम्बन्धविच्छेद भएपछि अर्को विवाह गरेका थिए। हत्या गर्ने कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको छ। कोइराला आफ्नै दाजुलाई हत्या गरेर कारागार बसी केही वर्ष अघि मात्र संविधान दिवसको अवसरमा आम माफी पाएर छुटेका हुन्।

- यस अगाडि छोरी हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.