भीरबाट भेँडासँगै खसेर गोठालाको मृत्यु
गोरखा : भीरबाट खसेको भेँडा समात्न जाँदा गोठालाको पनि लडेर मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका-३ पाङसिँङका ६७ वर्षीय लारा गुरुङको भेँडासँगै भीरबाट खसेर ज्यान गएको हो।
गाउँभन्दा धेरै माथि लेकको इसराङ भीरबाट लडेर गुरुङको घटनास्थलमै ज्यान गएको गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष कुमारी गुरुङले जानकारी दिइन्।
उनका अनुसार लारा भेँडा समात्न जाँदा भीरबाट खसेको नजिकै रहेका अर्का गोठालाले देखेका थिए। त्यसपछि उनले गाउँलेलाई खबर गरेका उनले बताइन्।
उनको मौलिक परम्पराअनुसार बिहीबार अन्त्येष्टि गरिएको पूर्व उपाध्यक्ष गुरुङले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !