परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री यीबीच हङकङमा भेटवार्ता

नेपालको विकासमा चिनियाँ लगानी अपरिहार्य : परराष्ट्रमन्त्री राणा

नेपालको विकासमा चिनियाँ लगानी अपरिहार्य : परराष्ट्रमन्त्री राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा र चीनका विदेशमन्त्री वाङ यीबीच चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा भेटवार्ता भएको छ। विदेशमन्त्री वाङको निमन्त्रणामा 'मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर' गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रको रूपमा सहभागी हुन पुगेकी मन्त्री राणासँग उक्त अवसरमा औपचारिक भेटवार्ता भएको हो।

सौहार्दपूर्ण वातावरणमा सम्पन्न सो भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, आपसी हित, साझा चासो तथा दुवै मुलुकले मनाइरहेको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा विविध विषयमा छलफल गरिएको थियो।

भेटका क्रममा मन्त्री राणाले नेपाल र चीनबीचको ऐतिहासिक सम्बन्धलाई नेपालले सधैं उच्च प्राथमिकता दिँदै आएको उल्लेख गर्दै चीन सरकार र चिनियाँ जनताले नेपालको आर्थिक तथा सामाजिक विकासमा पुर्‍याउँदै आएको दीर्घकालीन सहयोगप्रति आभार व्यक्त गरिन्। उनले भविष्यमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण तथा प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रमा चीनको सहयोग निरन्तर रहने आशा व्यक्त गरिन्।

त्यस क्रममा मन्त्री राणाले नेपाल एक–चीन नीतिप्रति दृढ प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिइने नेपालको अडान पुनः दोहोर्‍याइन्।

मन्त्री राणाले हालै सम्पन्न ‘सगरमाथा संवाद’ कार्यक्रममा चीनबाट भएको प्रतिनिधित्वप्रति आभार प्रकट गर्दै त्यस संवादमा चिनियाँ सहभागिताले द्विपक्षीय सम्बन्धमा थप सघनता ल्याएको बताइन्। साथै, प्रधानमन्त्री केपी शर्मा ओलीको हालै सम्पन्न चीन भ्रमण तथा त्यस अवसरमा भएका सहमति र सम्झौताहरूको कार्यान्वयनलाई अझ सशक्त बनाउन आवश्यक रहेको धारणा व्यक्त गरिन्।

७०औँ कूटनीतिक सम्बन्ध स्थापनाको अवसरलाई विशेष बनाउँदै मन्त्री राणाले विदेशमन्त्री वाङलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिइन्। उनले सन् २०२५ लाई ‘नेपाल भ्रमण वर्ष’को रूपमा मनाइने जनाउँदै उक्त अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनका लागि नेपाल तयार रहेको बताइन्।

विदेशमन्त्री वाङले ‘सगरमाथा संवाद’को सफल आयोजनामा नेपाल सरकारलाई बधाइ ज्ञापन गर्दै वातावरण संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका क्षेत्रमा चीन नेपालसँग सहकार्य गर्न इच्छुक रहेको बताए।

त्यस्तै, वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताहरूको कार्यान्वयनमा नेपालले अग्रसरता लिनुपर्नेमा जोड दिए। उनले मन्त्री राणाद्वारा दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू उपयुक्त समयमा नेपाल भ्रमणमा आउने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.