कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न हुँदैन : शेखर कोइराला

कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न हुँदैन : शेखर कोइराला

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसले सरकारले गरेको गलत कामको विरोध जनाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन्। 

बागमतीका प्रजातन्त्र सेनानीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस सरकारमा छ भन्दैमा गलत काममा मौन बस्न नहुने बताए। उनले गणतन्त्रमा ३ जना नेताको म्युजिकल चेयरबाट निराश भएका युवा राजा फर्काउने आन्दोलनमा सहभागी हुन थालेको दाबी गरे। 

नयाँ पुस्तालाई राजाको शासनकालबारे थाहा नभएको तर अहिलेको अवस्थाबाट निराश बनेको उनको भनाइ छ। कोइरालाले सरकारले ल्याएको बजेट सुन्दा कर्णप्रिय भए पनि कार्यान्वयन पक्ष कमजोर भएको बताए। 

राम्रो काम गर्न नसके सरकारलाई नराम्रो पनि नगर्न उनले सुझाव दिए। त्यस्तै स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पार्टीभित्र सकारात्मक सन्देश दिनेगरी काम गरिरहेको बताए। पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा उनको जोड थियो। मन्त्री पौडेलले कांग्रेसलाई विधि र पद्धतिअनुसार नै अगाडि बढाउनुपर्ने बताउँदै पार्टीबाट जिम्मेवारी बोकेर गएकाहरूको आलोचना नभई प्रशंसा गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.