चिनियाँ उपराष्ट्रपति सहभागी कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्- बीआरआई परियोजना नेपाल-चीन सम्बन्धमा कोशेढुंगा

चिनियाँ उपराष्ट्रपति सहभागी कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले भनिन्- बीआरआई परियोजना नेपाल-चीन सम्बन्धमा कोशेढुंगा
कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ उपराष्ट्रपति हान ज्हेंग (दाँया)

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) नेपाल र चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको बताएकी छन्। चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघ र गान्सु प्रान्त सरकारले शुक्रबार संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले बीआरआईले विश्वव्यापी सम्पर्क र आर्थिक सहयोगलाई प्रवर्द्धन गरेर प्राचीन सिल्क रोडलाई पुनर्जीवित, विस्तार र नवीकृत गर्ने लक्ष्य राखेको बताइन्।

उनले चिनियाँ राष्ट्रपति सी चिनफिङको दूरदर्शी दृष्टिकोण र अग्रगामी पहललाई सराहना गरेकी थिइन्। बीआरआईले सहभागी देशहरूबीच पारस्परिक समझदारी र सहयोगलाई बढावा दिने माध्यमको रूपमा सांस्कृतिक आदानप्रदानमा विशेष जोड दिएको उनको भनाइ छ।

उनले सन् २०१६ मा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि भएको सैद्धान्तिक सहमतिअनुसार सन् २०१७ मा नेपाल औपचारिकरूपमा बीआरआईमा आबद्ध भएको स्मरण गरिन्। 

'गत डिसेम्बर सन् २०२४ मा नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा नेपाल र चीनले पुनः बीआरआई. सहयोग फ्रेमवर्कमा हस्ताक्षर गरेका छन्।
बीआरआईअन्तर्गत हिमालय सीमापार बहु-आयामिक सम्पर्क सञ्जाल र विकास साझेदारी एवं साझा भविष्यको अवधारणा प्रमुख अंगको रूपमा रहेका छन्,' पूर्वराष्ट्रपति भण्डारीले भनिन्, 'महामहिम राष्ट्रपति चिनफिङले भन्नुभएजस्तै बीआरआई परियोजनाअन्तर्गत नेपाल र चीनबीच भएका समझदारीहरूले भूपरिवेष्ठित राष्ट्र नेपाललाई भूजडित राष्ट्र बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्। यो विकास नेपाल-चीन सम्बन्धमा एउटा कोशेढुंगाको रूपमा रहेको छ।'

उनले बीआरआई परियोजनामार्फत एसिया, अफ्रिका र युरोपभर सडक, रेल, बन्दरगाह, पाइपलाइ र डिजिटल पूर्वाधार विस्तार हुनु राम्रो पहल भएको उल्लेख गरिन्। 'नेपालले पनि ऐतिहासिक रूपमा चीन र भारतबीचको सांस्कृतिक तथा व्यापारिक माध्यमको रूपमा महत्त्वपूर्ण भूमिका खेलेको थियो। जुन सिल्क रोड आदान प्रदान प्रमुख सहभागी थिए,' उनले भनेकी छन्। 

उनले राष्ट्रपति सीको नेपाल भ्रमणबारे पनि स्मरण पनि गरेकी छन्। सन् २०१९ मा भएको सीको भ्रमणले दुई मुलुकहरू विकास र समृद्धिसँगै रणनीतिक साझेदारीमा रूपान्तरण गर्न सहमत भएको बताइन्। उनले त्यसलगत्तै आफू पनि चीन भ्रमणमा गएको बताइन्। त्यही पृष्ठभूमिका कारण आफ्नो चीन भ्रमण सम्भव रहेको र महत्त्वपूर्ण मञ्चमा सहभागी हुन पाएको उनले उल्लेख गरेकी छन्। 

'विश्वका प्राचीनतम सभ्यताहरूमध्ये एकका रूपमा चीनले अगुवाई गरेको विश्व सभ्यता पहलले मानव सभ्यताहरूलाई एकीकृत गर्ने, विभिन्न संस्कृति र सभ्यताहरुबीच उन्नत समझदारी निर्माण गर्ने, आपसी सम्मान, शान्तिपूर्ण सहअस्तित्व र सहयोग प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ,' उनले भनिन्।

पूर्वराष्ट्रपति भण्डारीले अहिले पनि मानवजातिको उल्लेख्य हिस्सा भयावह गरिबीको चक्रबाट बाहिर निस्कन संघर्ष गरिरहेको बताइन्। 'यस्तो महत्त्वपूर्ण फोरम आयोजना गरेर चीनले विश्व सभ्यता पहल कार्यान्वयनमा देखाएको अग्रसरता सराहनीय छ,' उनले भनेकी छन्। 

कार्यक्रममा चिनियाँ उपराष्ट्रपति हान ज्हेंग, चिनियाँ अन्तर्राष्ट्रिय समझदारी संघका अध्यक्ष जी बिंगशुआन, सोही संघका प्रमुख लिउँ जिंजाओ, सीपीसी गान्सु प्रान्तका सचिव हु चंगशेंग र गान्सु प्रान्त सरकारका प्रमुख सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.