माई खोलामा आएको बाढीले २२ घर डुबानमा, एसियन हाइवेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

माई खोलामा आएको बाढीले २२ घर डुबानमा, एसियन हाइवेको डाइभर्सन बगाउँदा यातायात अवरुद्ध

झापा : माई खोलामा पानीको सतह बढेसँगै २२ घर डुबानमा परेका छन् । निर्माणाधीन एसियन हाइवेको डाइभर्सन बगाउँदा पूर्व पश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार माई खोलाको बाढीले झापा गाउँपालिका–२ स्थित सुगाबथानका २२ घर डुबानमा परेका हुन् । बाढीले जेठा टुडु माइला, सोम बास्की, ताला सोरेन, जेठा टुडु कान्छा, मण्डल टुडु जेठा, शुकदेव टुडु, मण्डल टुडु कान्छा, कृष्ण टुडु, साईवा टुडु जेठो, जेठा टुडु, साइँला टुडु, गोपाल टुडु कान्छा, काले टुड घर डुबानमा परेका छन् । 

त्यस्तै धरमलाल हेमरम, रञ्जन टुडु, चन्दु सोरेन, गोपाल टुडु जेठो, साईवा टुडु कान्छा, श्याम टुडु, बुधलाल हाँस्दा, सुनिराम टुडु, गुणन टुडुलगायतको घरमा डुबानमा परेको प्रहरीले जनाएको छ । null

बस्तीबाट खोलाको पानी बगिरहेको छ, भने स्थानीय मानिस बाटोमा बस्न बाध्य भएका छन् । अहिले पानीको सतह कम हुँदै गइरहेको प्रहरीले जनाएको छ। यता गएराति परेको वर्षाका कारण पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । वर्षाले एसियन हाइवेमा निर्माण गर्न बनाइएका विभिन्न ठाउँका डाइभर्सन बगाउँदा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको हो । 

मेचीनगरको धाइजनस्थित ढुकुरे खोला र कालीझोरामा बिहान ३ बजेतिर डाइभर्सन बगाएको थियो । क्षति पुर्‍याएको स्थानहरूमा डाइभर्सन बनाउने काम धमाधम भइरहेको छ । बस तथा साना सवारीसाधनहरू सञ्चालन भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक पाण्डव राजवंशीले भने, ‘ठूला मालवाहक सवारीसाधन भने सञ्चालनमा आएको छैन, अबको केही घण्टाभित्र सञ्चालनमा आउँछ ।’ पूर्वी नाका काँकडभिट्टादेखि बिर्तामोड सडक खण्डमा समस्या आएको उनको भनाई छ ।   
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.