कमल थापासहित ६ जना प्रदर्शनकारी पक्राउ

कमल थापासहित ६ जना प्रदर्शनकारी पक्राउ

काठमाडौं : राजावादीहरूको प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन्। काठमाडौंको नारायण चौर क्षेत्रबाट उनी पक्राउमा परेका हुन्। निषेधित क्षेत्र तोड्ने प्रयास गरेपछि थापासँगै अन्य प्रदर्शनकारीहरू पनि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार पक्राउ पर्नेमा शिला राणा, राकेश बस्नेत, विनोद कपाली, रामचन्द्र लामिछाने र सरोज तिमल्सिना रहेका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको बताए। उनले कमल थापालाई ससम्मान फिर्ता नगरे सोमबारबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिए। आफूहरूको भद्रतालाई कमजोर ठान्ने प्रयास नगर्न आग्रह गर्दै उनले अब एकैपटक ५० स्थानबाट प्रदर्शन निकाल्ने बताए। अध्यक्ष लिङ्देनले जनताले विकल्प खोजेकै कारण देश आन्दोलनमय भएको जिकिर गरे।

राजसंस्था र हिन्दू राज्य पुनःस्थापनाको माग गर्दै संयुक्त जनआन्दोलन परिचालन समितिले जेठ १५ गतेदेखि निरन्तर आन्दोलन गर्दै आएको छ। आफूहरूको मुद्दा स्थापित नभएसम्म आन्दोलन नरोकिने उनीहरुले जनाएका छन्। 

उनीहरूले राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्रको मागसहित आन्दोलनमा उत्रिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.