कर्णाली डेभलपमेन्ट बैंकमा साढे २ अर्ब हिनामिना, तत्कालीन प्रमुख कार्यकारी अधिकृत पक्राउ

कर्णाली डेभलपमेन्ट बैंकमा साढे २ अर्ब हिनामिना, तत्कालीन प्रमुख कार्यकारी अधिकृत पक्राउ

काठमाडौं : कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत पक्राउ परेका छन्।

साढे २ अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरेर फरार रहेका नेपालगन्ज उपमहानगरपालिका-२० बस्ने सल्यानका ६५ वर्षीय राजेन्द्र वीर रायलाई प्रहरीले पक्राउ गरेको हो। 

बैंकको संस्थापक अध्यक्ष/प्रमुख कार्यकारी अधिकृत एवम् पटक पटक सञ्चालक समिति अध्यक्ष पदमा रहि उक्त बैंकमा संकलन भएको बचतकर्ताहरूको रकम हिनामिना गरेर उनी फरार भएका थिए।  

उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले रूपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरेको हो। 

उनी उपर बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.