ट्रकसँग मोटरसाइकल ठोकिँदा घाइते युवतीको उपचारका क्रममा मृत्यु

ट्रकसँग मोटरसाइकल ठोकिँदा घाइते युवतीको उपचारका क्रममा मृत्यु

झापा : झापामा ट्रकसँग मोटरसाइकल ठोकिँदा घाइते एक युवतीको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार गत जेठ १३ गते राति ९:५५ बजेको समयमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत मेचीनगर नगरपालिका–१४ स्थित धाईजनचोकमा धुलाबारीबाट चारआलीतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४७११ नम्बरको ट्रक र सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ५१५२ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको थियो।

दुर्घटनामा परी  मोटरसाइकल चालक मेचीनगर–१० धुलाबारीका अन्दाजी २७ वर्षीय राहुल गुप्ता र मोटरसाइकलको पछाडि सवार बुद्धशान्ति गाउँपालिका–५ का २२ वर्षीया आकृति दनुवार घाइते भएका थिए। घाइतेमध्ये आकृतिको बीएण्डसी अस्पताल बिर्तामोडमा आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

ट्रक तथा ट्रक चालक बिर्तामोड नगरपालिका-३ का ३४ वर्षीय विजय लिम्बुलाई इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.