प्राकृतिक विपद्को सामना गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

प्राकृतिक विपद्को सामना गर्न स्वयंसेवक तयार गर्दै सशस्त्र प्रहरी

वीरगन्ज : आगामी मनसुन र मनसुनजन्य प्राकृतिक विपद्को सामना गर्नका लागि सशस्त्र प्रहरीले मधेस प्रदेशका आठवटै जिल्लामा विपद् उद्धार स्वयंसेवक तयार गर्न थालेको छ। सशस्त्र प्रहरीले पालिकाहरूसँग समन्वय गरेर समुदायमै विपद् उद्धार स्वयंसेवक तयार गर्न थालेको हो।

पहिलो चरणमा मधेस प्रदेशका ५ जिल्लामा १३९ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक  (डिआइजी) कृष्ण ढकालले जानकारी दिए।

उनका अनुसार आइतबारदेखि रौतहटमा ३८ जना, महोत्तरीमा २६ जना, सर्लाहीमा २५ जना, धनुषामा २५ जना र सप्तरीमा २५ जनालाई २१ दिने तालिम सञ्चालन गरिएको हो। प्रदेशका बाँकी ३ जिल्ला बारा, पर्सा र सिरहामा पनि २५–२५ जनाका लागि छिट्टै उक्त तालिम सञ्चालन गरिने ढकालले बताए।

मधेस प्रदेश प्राकृतिक तथा मानवजन्य प्रकोपका हवासले जोखिमयुक्त भएकाले धनजनको क्षति कम गर्न तालिम सञ्चालन गरिएको ढकालले बताए। तालिम प्राप्त स्वयंसेवकहरुलाई प्राकृतिक विपद्का बेला उद्धारमा सशस्त्र प्रहरीसँगै खटाइने उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.