पावर प्लेमा नेपालका ओपनरद्वयबाट राम्रो सुरुवात
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत चौथो श्रृंखलामा स्कटल्यान्डले दिएको २९७ को बलियो लक्ष्य पछ्याएको नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका छन्।
पहिलो पावरप्लेमा नेपालले १० ओभरमा ६४ रनको अविजित अर्धशतकीय साझेदारी गर्दै खेलिरहेका छन्।
नेपालले ८.३ ओभरमा बिना कुनै विकेटको क्षति ५३ रन बनाउँदै अर्धशतकीय साझेदारी पूरा गरेको थियो।
१० ओभर सकिँदा हाल क्रिजमा रहेका कुशल भुर्तेल ४१ र आसिफ शेख १८ बनाएर खेलिरहेका छन्। नेपालले ओभरमा बिना कुनै विकेटको क्षति ६४ रन बनाएको छ।
टस हारेर पहिलो इनिङ्समा ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २९६ रन बनाएको थियो।
प्रतिक्रिया दिनुहोस !