योगेश भट्टराई भन्छन् : गृहमन्त्रीलाई संसदमा बोल्न दिनुपर्छ, रविलाई पनि त्यहि भनेका थियौं
संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेपछि रवि लामिछाने र लेखकको विषयमा एमालेको धारणा एउटै रहेको भट्टराईले विगत स्मरण गराएका हुन्।
काठमाडौं : नेकपा एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्री रमेश लेखकले संसदमा आफ्ना कुरा राख्न पाउनुपर्ने बताएका छन्। भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने विपक्षीले अडान राखेपछि रवि लामिछाने र लेखकको विषयमा एमालेको धारणा एउटै रहेको भट्टराईले स्मरण गराएका हुन्।
लामिछाने गृहमन्त्री हुँदा कांग्रेसले बोल्न नदिँदा विमति जनाएको उल्लेख गर्दै उनले अहिले रास्वपा-माओवादीले राखेको अडानप्रति विरोध जनाउँदै बोल्न दिनुपर्ने धारणा राखेका हुन्।
उनले संवाद गर्ने थलो संसद भएको उल्लेख गरेका छन्।
यता माओवादी केन्द्र प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् सुचारु हुन नदिने आफ्नो पार्टीको अडान रहेको बताए । उनले भने, ‘भिजिट भिसामा जसरी गडबड भएको छ, त्यसलाई गृहमन्त्रीज्यूले हल गर्नका लागि अनुसन्धान गर्न मार्ग प्रशस्त गर्नुपर्छ भनेर भनेका छौं ।’
प्रतिक्रिया दिनुहोस !