आन्दोलनका कार्यक्रम फिर्ता लिएर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई सांसदको आग्रह

आन्दोलनका कार्यक्रम फिर्ता लिएर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई सांसदको आग्रह

काठमाडौं : सांसदहरूले सार्वजनिक यातायात सञ्चालन गरेर जिम्मेवार बन्न यातायात व्यवसायीहरूलाई आग्रह गरेका छन्। सरकारसँग सहमति भइसकेको अवस्थामा आन्दोलनका कार्यक्रम फिर्ता लिइ यातायात सञ्चालन गरेर जिम्मेवार बन्न सांसदहरूले यातायात व्यवसायीहरूलाई आग्रह गरेका हुन् ।

मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सांसद जीवन परियारले सरकारसँग समझदारी भइसकेपछि यातायात नचल्नु दुर्भाग्यपूर्ण कुरा भएको बताए। समझदारी कार्यान्वयन नभए पुन आन्दोलन गर्ने छुट यातायात व्यवसायीलाई रहदा जनतालाई दु:ख दिने गरि यातायात बन्द गर्नु गलत भएको उनले बताए।

उनले सार्वजनिक यातायात नेपालभित्रको कानुन अनुसार चल्नुपर्ने भएकाले बिमतिहरूलाई सच्चाउनेतर्फ सहमति भएकाले व्यवसायीले सहमति कार्यान्वयन गर्नुपर्ने धारणा राखे।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले राइड सेयरिङले जनतालाई सुविधा नै दिएको भएपनि नयाँ कानुन बनाउँदा सरकारले पनि सरोकारवालाहरूसँग छलफल गर्नुपर्नेमा जोड दिए । उनले सरकारले यस विषयमा छिटो निकास निकाल्दै सर्वसाधारणलाई सेवा दिनुपर्ने धारणा राखे।

गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गरेपछि मात्रै आफूहरूका आन्दोलन फिर्ता हुने यातायात व्यवसायीको अडानका कारण मंगलबार पनि देशभर सार्वजनिक यातायात बन्द छन् । जसको मारमा जनताहरू परेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.