कांग्रेस-एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिए : गगन थापा

कांग्रेस-एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिए : गगन थापा
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधन गर्ने वाचा बिर्सिएको बताएका छन्। उनले दुवै पार्टी सत्ता सञ्चालनमा तल्लीन हुँदा सात बुँदे सहमतिको मूल मर्ममै बेवास्ता भएको आरोप लगाए। 

'कांग्रेस र एमालेले ७ बुँदा सहमति गर्दै संविधान संशोधनको वाचा गर्‍यो। तर, आज त्यो वाचा पूरा गरिरहेका छैनौं। हामी यति मस्त भयौं कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौं,' महामन्त्री थापाले भने।

उनले सत्ता सन्तुलनका लागि आवश्यक संविधान संशोधन प्रक्रियालाई ढिलाइ गर्नु नागरिकप्रति बेइमानी हुने भन्दै तत्काल संशोधन कार्य प्रारम्भ गर्नुपर्ने बतए। 

संविधानलाई हाइवे को संज्ञा दिँदै मामन्त्री थापाले समस्या बाटोमा नभएर त्यसमा चल्ने गाडी र चालकमा भएको बताए। 'सुशील कोइरालाको नेतृत्वमा बनाइएको संविधान भनेको एउटा हाइवे हो। त्यो हामीले सुरु गरेका थियौं। अहिले गाडीहरू थोत्रा देखिन थालेका छन्, चालकहरू कुदाउन सकिरहेका छैनन्। अब गाडीको मर्मत गर्ने, चालक बदल्ने बेला हो। बाटो फेर्ने होइन,' उनले भने।

महामन्त्री थापाले व्यवस्था नै परिवर्तन गर्ने कुरा उठाउनुको सट्टा त्यसलाई सुधारेर अगाडि बढ्नुपर्नेमा जोड दिए। 'पुरानो गाडी खराब हुने हैन। पुरानो गाडीले पनि समयअनुसार आफूलाई बदल्नुपर्छ,' उनले भने, 'चालकले गाडी ठीकसँग चलाउन सकिरहेको छैन भने चालक बदल्नुपर्छ, तर बाटो नै बदल्नुपर्छ भन्नु गलत हो।'

संविधान निर्माणमा प्रमुख भूमिका खेलेको पार्टीका नाताले कांग्रेसले जिम्मा लिने बेला आएको उनको भनाइ छ। 'संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था हामीले ल्याएका हौं। अब यसमा समस्या देखिएको छ भने हामी मिलाउनेछौं, टिकाउनेछौं,' उनले भने। लोकतन्त्रलाई अझै भरपर्दो बनाउँदै नागरिकको अवस्था बदल्ने गरी काम गर्नुपर्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.