शिक्षक–शिक्षिकाको स्वागत, विद्यार्थीमा उमंग

शिक्षक–शिक्षिकाको स्वागत, विद्यार्थीमा उमंग
मुस्कानसहित विद्यार्थी स्वागत गर्दै हिमालय माविका शिक्षकहरू । तस्बिर : शिव उप्रेती

गोरखा : हिमालय मावि बारपाकको प्रवेशद्वारमा मंगलबार बिहान साढे नौ बजे सन्तकुमारी घले मिस, मीनाकुमारी घले मिस र दीपेन्द्र बानियाँ सर दुवै हात जोडेर नमस्कार गर्दै उभिरहेका थिए ।

सानासाना बालबालिकाहरू किताब, कापीले भरिएको झोला बोकेर धमाधम आउँदै थिए । सर, मिसहरूले हँसिलो मुहारमा गुडमर्निङ, नमस्कार, अनि स्थानीय भाषामा स्योपो ख्याङ भनिरहेका थिए । विद्यार्थीहरू हाँस्दै ‘गुडमर्निङ, स्योपो ख्याङ, नमस्कार, ढोगदिया’ भन्दै विद्यालय प्रवेश गर्दै थिए । शिक्षक, विद्यार्थीको यो सुन्दर दृश्य छोराछोरी पुर्‍याउन स्कुल गेटसम्म आएका अभिभावकहरू दंग पर्दै हेरिरहेका थिए । 

यस वर्षदेखि विद्यालयले सुरु गरेको यो सुन्दर परम्परासँग उनीहरू पुलकित थिए । भूकम्पको केन्द्रबिन्दु भनेर नाम चलेको बारपाकको हिमालय माविले गत वैशाखको २० गतेदेखि विद्यार्थीलाई न्यानो स्वागत गर्ने परम्परा सुरु गरेको हो ।

‘१९ गतेको स्टाफ बैठकले निर्णय गरेर २० गतेबाट हामीले विद्यार्थीलाई स्वागत गर्न सुरु गरेका हौं’, प्रधानाध्यापक राम उद्गार महतोले भने, ‘हामी २४ जना शिक्षक स्टाफ छौं । प्रत्येक दिन दुई–दुई जना सर, मिसहरू मूलगेटको दायाँ–बायाँ उभिनुहुन्छ अनि, गुडमर्निङ, नमस्कार अनि स्थानीय भाषाबाट स्योपो ख्याङ भन्नुहुन्छ, ‘यसरी मुस्कानसहित स्वागत गरेपछि विद्यार्थी पनि अति नै खुसी भएको देखियो । अभिभावक पनि खुसी हुनुहुन्छ । बारपाक भ्रमणमा आएका विदेशी पर्यटकहरू पनि मुस्कानसहितको स्वागत देखेर रोमाञ्चित हुने गरेका छन् । केही दिनअघि शिक्षा मन्त्रालयबाट सरहरू विद्यालयको अनुगमनमा आउनुभएको थियो । उहाँहरू पनि नौलो परम्परा देखेर धेरै खुसी हुनुभयो । हामीलाई धन्यवाद दिनुभयो ।’ 

यही परम्परा केही वर्षअघि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीमार्फत सुरु गरेको थियो । तर, त्यतिबेला विद्यार्थीहरूले निरन्तरता नदिएका कारण एक महिनापछि बन्द भएको एक शिक्षक सलिना गुरुङले बताइन् । यसपटक भने सबै शिक्षकले अपनत्व लिएकाले निरन्तरता पाउने विश्वास लिइएको उनले बताइन् । विद्यार्थी मैत्री वातावरण देखेपछि यसपटक ५१ जना नयाँ विद्यार्थी भर्ना भएका विद्यालयले जनाएको छ । गतवर्ष जम्मा सात जना नयाँ भर्ना भएको यहाँ यस वर्ष बोर्डिङ स्कुलबाट पनि सामुदायिक विद्यालयमा भर्ना हुन आएको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.