नेपाललाई नेदरल्यान्डले दियो बलिङको निम्तो
काठमाडौं : आइसीसी क्रिकेट विश्वकप लिग २ को चौथो श्रृंखलामा नेपालले दोस्रो खेलमा आज नेदरल्यान्डसँग टस हारेर बलिङको निम्तो पाएको छ।
डुन्डिमा नेदरल्यान्डका कप्तान स्कट इड्वार्डले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले यही श्रृंखलाको पहिलो खेलमा स्कटल्यानडमाथि १ विकेटको रोमाञ्चक जित हात पारेको थियो।
तालिकामा हेर्ने हो भने ८ देश सम्मिलित यस लिग २ को तालिकामा नेदरल्यान्डले २० खेलमा १२ जित ६ हार र २ खेलमा अंक बाँड्दै २६ अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा रहेको छ।
नेपाल भने यही श्रृंखलाको १ जितले तालिकामा १ स्थान बढुवा हुँदै सातौं स्थानमा रहेको छ। नेपालले लिग २ मा १३ खेल खेल्दा ३ जित ८ हार र २ खेलमा अंक बाँड्दा ८ अंक जोडेको छ।
आजको खेलमा नेपाली टिममा एक जना परिवर्तन गरिएको छ। रिजन ढकालको स्थानमा ललित राजवंशी प्लेइङ-११ मा अटाएका छन्।
नेपालको प्लेइङ-११ः
रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, भिम सार्की, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी(उपकप्तान), गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी।
प्रतिक्रिया दिनुहोस !