मुद्दाको पूर्णपाठ आएपछि मात्रै अग्नि सापकोटाबारे माओवादीले आधिकारिक धारणा बनाउने

मुद्दाको पूर्णपाठ आएपछि मात्रै अग्नि सापकोटाबारे माओवादीले आधिकारिक धारणा बनाउने

काठमाडौं : नेकपा माओवादी केन्द्रले नेता अग्निप्रसाद सापकोटाविरुद्ध मुद्दामा सर्वोच्च अदालतले जारी गरेको आदेशको पूर्णपाठ आएपछि मात्रै आधिकारिक धारणा बनाउने भएको छ।

बिहीबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकपछि उपाध्यक्ष समेत रहेका प्रवक्ता सापकोटाले यसबारे पार्टीको आधिकारिक धारणा पूर्णपाठ आएपछि मात्रै बन्ने बताए।

उनले भने,'यसबारे धेरै छलफल गर्नुपर्ने अवस्था छैन। जब पूर्णपाठ आउँछ त्यसको अध्ययन गरेर पार्टीको आधिकारिक धारणा बन्छ।' यस विषयमा बाहिर भएका प्रचारमा कुनै सत्यता नरहेको उनले बताए।

सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ। बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, डा. मनोजकुमार शर्मा र डा. कुमार चुडालको संवैधानिक इजलासले यसअघि तामेलीमा राख्ने प्रहरीको निर्णयलाई खारेज गरिदिएको हो।

काभ्रेका अर्जुन लामाको अपहरणपछि २०६२ वैशाख १६ गते हत्या गरिएको थियो। श्रीमानको हत्यापछि पूर्णिमायाले सापकोटासहित माओवादी नेता-कार्यकर्ताविरूद्ध किटानी जाहेरी दिए पनि प्रहरीले लिन मानेन। त्यसविरूद्ध रिट परेपछि २०६४ सालमा जाहेरी दर्ता गर्न सर्वोच्चले आदेश दिएको थियो। 

सर्वोच्चको आदेशपछि पूर्णिमायाले माओवादी नेता सापकोटा, सूर्यमान दोङसमेत ६ जनाविरूद्ध २०६५ साउन २६ मा जिल्ला प्रहरी कार्यालय काभ्रेमा जाहेरी दिएकी थिइन्। जाहेरी दर्ता भएर अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको थियो। तर, डा. बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६९ साउन १२ गते रिटमा भएको आदेश र जाहेरी नै तामेलीमा राख्ने निर्णय गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.