पतञ्जली जग्गा हिनामिना प्रकरण : यी हुन् अख्तियारले मुद्दा दायर गरेका ९३ जना

पतञ्जली जग्गा हिनामिना प्रकरण : यी हुन् अख्तियारले मुद्दा दायर गरेका ९३ जना

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पताञ्जली जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध १८ करोड ५८ लाख ५० हजार विगो माग गरिएको छ।

को कोविरुद्ध हालियो मुद्दा? सूची हेर्नुस्
मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृतप्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बाहरु राम कृष्ण खत्री, केदारनाथ भट्टराई, विनोद कोइराला, विष्णु प्रसाद होमागाई, राम काजी श्रेष्ठ, हरि शरण श्रेष्ठ, राम प्रसाद सत्याल, कृष्ण प्रसाद सापकोटा, खरिदारहरु बद्रिप्रसाद हुमागाईँ, पुष्प कुमार पौडेल र रोसकाजी जस्पाउ रहेका छन्।

त्यस्तै गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका कार्यालय प्रमुख बैकुण्ठ प्रसाद रेग्मी, फाँटवाला माधव प्रसाद होमागाई र कार्यालय सहायक राजकुमार सिग्देल, पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह रहेका छन्।

त्यस्तै मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बाहरु विनोद कोइराला, राम कृष्ण खत्री, हरि शरण श्रेष्ठ, राम काजी श्रेष्ठ र खरिदार बद्री प्रसाद हुमागाई, गुठी संस्थान, शाखा कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन वरिष्ठ सहायक पवन आचार्य, तत्कालीन सनराईज बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किशोर कुमार महर्जन, सहायक महाप्रबन्धक नीता प्रधान, जोखिम विभागका अधिकृत सुजित पोखरेल, शाखा प्रबन्धक राजीब सापकोटा, अधिकृत ममता पराजुली, पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह रहेका छन्।

त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं प्रतिनिधीसभाका सदस्य तथा तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपाल, तत्कालीन कानुन तथा न्याय मन्त्री तथा मन्त्रिपरिषद्, विधेयक समितिका तत्कालीन संयोजक प्रेम बहादुर सिंह, तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्री स्व. डम्बर श्रेष्ठ र निजको छोरा सन्तोष श्रेष्ठ, तत्कालीन मन्त्रिपरिषद्को सचिव (नेपाल सरकारको मुख्यसचिव) स्व. माधव प्रसाद घिमिरे र निजको श्रीमती कमला घिमिरे, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सचिव छविराज पन्त, सहसचिवहरु जीतबहादुर थापा र लालमणि जोशी, भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) कलानिधी पौडेल,  उपसचिवहरु गान्धी प्रसाद सुवेदी र हुपेन्द्रमणि केसी रहेका छन्। 

त्यस्तै भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन महानिर्देशक केशर बहादुर बानिँया, भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन उपसचिव राजाराम थापा, शाखा अधिकृत सिताराम पोखरेल र नायव सुब्बा वुद्धि बहादुर कार्की, मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन नायब सुब्बा केदारनाथ भट्टराई  र खरिदार मोहनराम शर्मा, मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन प्रमुख मालपोत अधिकृत जनार्दन गुरागाईँ, मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत (विशेष) शिवहरी शर्मा सुवेदी, नायब सुब्बाहरु विनोद कोइराला, तुलामणि राजभण्डारी, कृष्ण प्रसाद सापकोटा र खरिदार हरिप्रसाद हुमेगाईँ रहेका छन्।

त्यस्तै गुठी संस्थान, शाखा कार्यालय काभ्रेपलाञ्चोकका तत्कालीन का.मु कार्यालय प्रमुख कृष्णहरी भट्टराई, वरिष्ठ सहायक पवन आचार्य र फाँटवाला माधव प्रसाद होमागाईँ, तत्कालीन सनराईज बैंक लिमिटेडका जुनियर म्यानेजमेन्ट ट्रेनी एशु मैनाली, उप-प्रबन्धक मनोज न्यौपाने, वरिष्ठ सहायक विक्रान्त कोईराला, प्रमुख व्यवस्थापक रविन कुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा अधिकारी, जोखिम व्यवस्थापन विभागका प्रमुख संजय कुमार सिद्धी, अनुपालन विभागमा कार्यरत सुनिल रत्न स्थापित र नायब महाप्रबन्धक बलराम विष्ट, पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह रहेका छन्।

त्यस्तै भोज राज शर्मा वाग्ले, जीवन राज कडेल, ध्रुव राज थापा, मनु घिमिरे, ओम प्रकाश वंशल, भिमदत्त जोशी, विरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्की रहेका छन्।

त्यस्तै मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत प्रेम बहादुर देसार, शाखा अधिकृत (विशेष) नवराज बस्नेत, नायब सुब्बा राम कृष्ण खत्री, खरिदार बद्रिप्रसाद हुमागाईँ, मालपोत कार्यालय, काभ्रेपलाञ्चोकका तत्कालीन मालपोत अधिकृत वेद प्रसाद अर्याल, शाखा अधिकृत उमेश राज दाहाल र नायब सुब्बाहरु तुलामणि राजभण्डारी, जिव रमण उप्रेती र मोहन प्रसाद पराजुली, चौतारामा प्रा.लि. तथा उक्त कम्पनीका संस्थापक सदस्यहरु विश्वरत्न शाक्य, शेखर कुमार राणा, स्व.राधेश्याम सराफ र निजको छोरा अरुण कुमार सराफ, पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपाल र  उक्त कम्पनीका मुख्य भई कामकाज गर्ने संस्थापक सदस्य शालीग्राम सिंह रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.